May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ठाकुर–महतोसहित चार नेतालाई स्पष्टीकरण माग्दै जसपा

ठाकुर–महतोसहित चार नेतालाई स्पष्टीकरण माग्दै जसपा

काठमाडौँ । केपी शर्मा ओलीको नेतृत्वको सरकार गठनमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई स्पष्टीकरण सोधेको छ । उनीहरूसँगै अन्य दुई जना केन्द्रीय नेताहरूलाई पनि पार्टीले लिखित रूपमा स्पष्टीकरण बुझाउन भनेको छ ।


सङघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवसहित बसेको कार्यकारिणी समितिको बैठकले ‘प्रतिगमनलाई साथ दिएको’ आरोप लगाउँदै चार नेताहरूलाई तीन दिनभित्र आफ्नो धारणा पठाउन पत्राचार गरेको छ । जेठ ८ गते बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको केन्द्रीय नेता प्रकाशमणि अधिकारीले जानकारी गराए । ‘पार्टी विधानविपरीत गतिविधि गरेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको हो,’ उनले भने । अध्यक्षहरूले गत जेठ ३ गते जारी गरेको आठ बुँदे सहमतिलाई ठाकुरले पालना नगरेको यादवपक्षधरको आरोप छ । त्यसैगरी, पार्टीको विधानको धारा ३८ बमोजिम संसदीय दलको विधान बनिनसकेको अवस्थामा हठात् रूपमा महतोलाई संसदीय नेता मानेकोमा समेत बैठकले सवाल उठाएको छ ।

Advertisement


ठाकुर र महतोबाहेक केन्द्रीय कार्यकारिणी सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई समेत स्पष्टीकरण सोधिएको पार्टी कार्यालयले जनाएको छ । प्रतिनिधिसभा विघटन हुनुपूर्व पूर्व राजपा समूहबाट आएका नेताहरूले एमाले नेता ओली समूहलाई साथ दिने गरी सत्ता समीकरणमा सहभागी हुँदै आएका थिए । जसपाको हाल निलम्बित एक सदस्यसहित संसदमा ३२ सांसदहरू छन् । ठाकुर महतो समूहले आफूहरूसँग कुल १९ सांसद रहेको बताउँदै आएका छन् । यादव समूहले भने बुहमत कार्यकारिणी सदस्यहरू आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।