April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सरकारलाई विपक्षी गठबन्धनको चेतावनी : दिर्घकालिन असर गर्ने कदम नचाल्नु ! (पत्रसहित)

सरकारलाई विपक्षी गठबन्धनको चेतावनी : दिर्घकालिन असर गर्ने कदम नचाल्नु ! (पत्रसहित)

काठमाडौं – विपक्षी गठबन्धनले सरकारलाई दिर्घकालिन असर गर्ने कुनै पनि कदम नचाल्न चेतावनी दिएको छ । आइतबार गठबन्धनको तर्फबाट नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले संयुुक्त प्रेस विज्ञप्ती सार्वजनिक गर्दै यस्तो आव्हान गरेका हुन् ।

विपक्षी गठबन्धनले सरकारका संविधान विपरितका कामकारबाहीलाई असहयोग गर्न राज्यका सबै निकायलाई आव्हान गरेको छ ।

Advertisement

‘प्रतिनिधि सभाको पुनःस्थापना र प्रतिनिधि सभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा हामीले विधिवत् दावी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर गर्ने किसिमका कुनै पनि कामकारबाही नगर्न सरकारलाई चेतावनी दिन चाहन्छौं’, संयुक्त प्रेस विज्ञप्तीमा भनिएको छ, ‘सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोग नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं ।’

गठबन्धनले प्रतिनिधि सभा विघटन ओली र राष्ट्रपतिको मिलेमतोमा भएको ठहर गरेको छ । साथै उसले अध्यादेशबाट बजेट ल्याएको प्रति आपत्ती जनाएको छ । कोरोना महामारीबाट आक्रान्त बनेको मुलुकमा ओलीले थप समस्या बढाएको गठबन्धनको आरोप छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कदमलाई उल्ट्याउने पनि विश्वास गठबन्धनले राखेको छ ।

यस्तो छ गठबन्धनले सार्वजनिक गरेको विज्ञप्ती