April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
खोप उपलब्ध गराउन आग्रह गर्दै बेलायती महारानीलाई राष्ट्रपति भण्डारीको पत्र

खोप उपलब्ध गराउन आग्रह गर्दै बेलायती महारानीलाई राष्ट्रपति भण्डारीको पत्र

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन बेलायती महारानी एलिजावेथ द्वितीयलाई पत्र पठाएकी छिन्।

राष्ट्रपति भण्डारीले बेलायती महारानीलाई पत्र पठाएको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ।

Advertisement

राष्ट्रपति भण्डारीले महारानी एलिजावेथलाई लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत ३० मेमा पठाइएको नेपाली राजदूतावासले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ।

कोभिड खोपका लागि राष्ट्रपति भण्डारीले कुटनीतिक पहल गरिरहेकी छिन्। उनले यसअघि चीनका राष्ट्रपति सी चिनफिङ, भारतीय राष्ट्रपति रामनाथ कोविन्द, अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोपका लागि अनुरोध गरिसकेकी छिन्।

चीनले १० लाख डोज खोप अनुदान स्वरुप दिने घोषणा गरेको छ र उक्त खोज आज नेपाल आइपुग्दै छ।