April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बहराइनका राजकुमार लिन विशेष जहाज काठमाण्डौ आउँदै

बहराइनका राजकुमार लिन विशेष जहाज काठमाण्डौ आउँदै

काठमाडौँ – सगरमाथा आरोहणको लागि नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीलाई लिन विशेष जहाज काठमाण्डौ आउँदैछ ।

बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितका सदस्यलाई लिन विशेष जहाज आज बेलुकी साढे पाँच बजे काठमाण्डौ आउने तालिका रहेको छ । टोलीलाई लिएर जहाज भोलि मात्रै फर्कनेछ ।

Advertisement

सगरमाथा आरोहणको लागि राजकुमारसहित १० जनाको टोली गएको चैत २ गते नेपाल आएको थियो । यो टोलीले वैशाखको २८ गते सगरमाथा आरोहण गरिसकेको छ । सगरमाथाको उचाइ बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि अन्तर्राष्ट्रिय आरोहीहरुको पहिलो आरोहणको रुपमा राजकुमारको टोली सगरमाथाको चुचुराेमा पुगेको हो ।

बहराइनका राजकुमार खालिफासहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको पनि सफल आरोहण गरेको थियो ।