April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जान सहमत

जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जान सहमत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा एमालेका नेता र जनता समाजवादी पार्टी (जसपा) को महन्थ समूहको सोमबार करिब चार घण्टा भएको छलफल सकिएको छ ।

बैठकमा प्रधानमन्त्रीले जसपालाई सरकारमा आउन आग्रह गरेको जसका नेता लक्षणलाल कर्णले जानकारी गराए । उनका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई आठ मन्त्रालय तथा दुई राज्यमन्त्री दिने वाचा जसपाको महन्थपक्षलाई दिएका छन् । यसका साथै नेता कर्णले पार्टिको विवाद मिलाउँदै आफूहरु सरकारमा जाने निश्चित भएको उल्लेख गरे । कसलाई कुन मन्त्रालय दिने त्यो गृहकार्य पनि गर्नै बाँकि रहेको उनले जनाए ।

Advertisement

यसअघि माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुले समालेका मन्त्रालय जसपालाई जाने बताइएको छ । तर गृहमन्त्रालय प्रधानमन्त्री ओलीले आफूसँग राख्न चाहेको बुझिएको छ ।