April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भदौमा कांग्रेस महाधिवेशन, यस्तो छ प्रस्तावित कार्यतालिका

भदौमा कांग्रेस महाधिवेशन, यस्तो छ प्रस्तावित कार्यतालिका

काठमाडाैं – सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्तावबारे छलफल गर्न कांग्रेसले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । 

Advertisement

कांग्रेसले कोरोना महामारीले क्रियाशील सदस्ता वितरण तथा नवीकरणका काम नसकिनुलाई समयमै महाधिवेशन गर्न कठिनाइ हुने निष्कर्ष निकालेको छ ।

तर कांग्रेसलाई भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता छ । नियमित कार्यकाल चार वर्ष सकेर सभापति देउवाले डेढ वर्ष कार्यकाल थपेका थिए जुन भदौमा सकिँदैछ ।

कांग्रेसले कोरोना महामारीबीच नै महाधिवेशन गर्ने तयारी गरेको छ । असार २० गतेभित्र क्रियाशील बारेका बिबाद हेरेर केन्द्रीय सभापतिलाई विवरण बुझाउनुपर्ने प्रस्ताव छ ।

यस्तै सभापतिले उक्त विवरण हेरेर हस्ताक्षर गरी केन्द्रीय निर्वाचन समितिलाई क्रियाशील बुझाउने समय असार २४ का लागि प्रस्ताव गरिएका छन् ।

कांग्रेसले असार पहिलो साता वडा अधिवेशन गर्ने भनेको थियो । तर क्रियाशील वितरण नै नसकिएकोले करिब एक महिना अधिवेशन धकलिएको छ । असारमा हुने भनिएको वडा अधिवेशन अब साउन ६ देखि हुनेछन् ।

यस्तो छ अधिवेशन गर्ने प्रस्तावित कार्यतालिका:

गाउँ/नगर वडा अधिवेशन: २०७८ साउन ६ गते ।

गाउँ/नगरपालिका अधिवेशन: साउन ११ गते ।

प्रदेश सभा क्षेत्रीय अधिवेशन: साउन १६ गते ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: साउन २० गते ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: साउन २४ गते ।

प्रदेश अधिवेशन: भदौ १ र २ गते ।

केन्द्रीय महाधिवशेन: भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा ।