March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सोलुखुम्बुको साल्मे–सिस्नेरी पहिरोको दीगो व्यवस्थापन हुने

सोलुखुम्बुको साल्मे–सिस्नेरी पहिरोको दीगो व्यवस्थापन हुने

सोलुखुम्बु – सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने साल्मे-सिस्नेरी पहिरोको दीगो व्यवस्थापन गरिने भएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीलाई जोड्ने एक मात्र सडकखण्डमा पर्ने साल्मे-सिस्नेरीमा पहिरो व्यवस्थापनका लागि फाइल अघि बढिसकेको सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाले जनाएको छ ।

झण्डै एक दशकदेखि भोग्नुपरेको पहिरोको समस्या समाधानका लागि जीओ टेक्निकल विधिबाट स्लोप स्टेपलाइजेशनको प्रकृया अघि बढेको डिभिजन प्रमुख अरुणकुमार कर्णले जानकारी दिनुभयो । केही समयअघि दुई जना प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण समेत गरिसकेको छ । अर्को वर्षसम्म पहिरोको दीगो व्यवस्थापनको काम सकिने र नागरिकले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने डिभिजन प्रमुख कर्णले बताउनुभयो ।

Advertisement

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लामा पर्ने पहलमान भीर र सिस्नेरी पहिरोका कारण हिउँद बर्खा जहिले पनि सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । सडक निर्माण गरेको झण्डै १० वर्ष पूरा भएको छ।

विगतका वर्षमा बर्खा लागेसँगै जिल्लामा सञ्चालित हाइड्रोपावर र सोलुदूधकुण्ड नगरपालिकाको एक्स्काभेटर तयारी अवस्थामा राखेर सडक नियमित सञ्चालन गर्ने गरेको ट्राफिक प्रहरी इञ्चार्ज कृष्ण कटवालको भनाइ छ । यस वर्ष पनि सोलु हाइड्रोपावर र नगरपालिकाको एक्स्काभेटर तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।