April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भूम्या पर्व मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

भूम्या पर्व मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

रुकुम पूर्व – मगर समुदायको मुख्य पर्व भूम्या मनाउन रुकुम पूर्वको भूमे गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । आज र भोलि स्थानीय बिदा दिइएको गाउँपालिकाले सूचना निकालेर जनाएको छ ।

गाउँ कार्यपालिकाको निर्णय अनुसार स्थानीय पर्वको अवसरमा बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिनुभयो । भूमे गाउँपालिकासहित सबै वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, सबै सेवा केन्द्र, विद्यालय, बैंक तथा वित्तीय संस्थामा बिदा हुनेछ ।

Advertisement

पर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न गाउँपालिका अध्यक्ष रामसुर बुढाले आग्रह गर्नुभएको छ । एक महिनासम्म मनाइने भूम्या पर्व कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सीमित विधिसहित नाचगान गरी मनाइँदैछ ।