March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अर्जुन बहादुर थापाद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख सहयोग

अर्जुन बहादुर थापाद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख सहयोग

लण्डन – अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका अध्यक्ष अर्जुन बहादुर थापाले राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख रुपैयाँ सहयोग गरेका छन् । थापाले केन्द्रको खातामा सो रकम सहयोग स्वरुप जम्मा गरेका हुन् ।

थापासँग तीन दशक लामो नेपाली, भारतीय लगायत अन्य मुलुकको परिकार बनाउने अनुभव रहेको छ । साथै उनी दुबई, जापान र बेलायतमा समेत लामो समय काम गरिसकेका छन् । व्यवसायी समेत रहेका थापा हाल बेलायतको नेपाली डायस्पोरामा उच्च सम्मानित शेफ हुन् । र हाल उनले लण्डनको फेल्टममा नमस्ते गुर्खा रेष्टुरेन्ट समेत व्यवस्थापन गर्दै आएका छन् ।

Advertisement

साथै थापा हाल कर्डन ब्लेयू लन्डनमा प्रख्यात फ्रान्सेली परिकारको विषयमा समेत आफ्नो डिप्लोमा गरिरहेका छन् ।