April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अफ्रिकामा कार्यरत नेपालीहरुद्धारा ‘एनआरएन अफ्रिका भेन्चर्स कम्पनी’ स्थापना

अफ्रिकामा कार्यरत नेपालीहरुद्धारा ‘एनआरएन अफ्रिका भेन्चर्स कम्पनी’ स्थापना

अफ्रिका – अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरुले एकतित्र रुपमा नेपालको उर्जा, कृषि, पुर्वाधार र अन्य क्षेत्रमा लगानी गर्न एनआरएन अफ्रिका भेन्चर्स लिमिटेड कम्पनीको नेपालमा स्थापना गरेका छन् ।

हाललाई सय करोड पुँजी रहने कम्पनीलाई अफ्रिकाका गैरआवासीय नेपालीहरुबाट शुरु गरे पनि यसमा अन्य गैरआवासीय नेपालीहरु र नेपाल फर्कीसकेका एनआरएनहरुलाइ पनि जोडिनेछ । कम्पनीले कृषि, उर्जा, पुर्वाधार र आइटी लगायतका योजनाहरुमा लगानीको लागि प्रारम्भिक कार्य शुरु गरिसकेको छ ।

Advertisement

बिदेशमा कार्यरत नेपालीहरुलाई नेपालको समृद्धिमा जोडने गैरआवाशिय नेपालीहरुको क्रमवद्द प्रयासमा अफ्रिकाका नेपालीबाट संयुक्त रुपमा प्रारम्भ गरिएको यो लगानीको नयाँ थालनी भएको कम्पनीका अध्यक्ष हिक्मत थापाले जानकारी दिए ।

यसले अफ्रिकामा बसेका नेपालीहरु पनि नेपालको समृद्धिमा साझेदारी गरि रहेकाछन भन्ने देखिनेछ । यसअघि पनि यहाँका नेपालीहरुले नेपालको पूर्वाधार, उर्जा, स्वास्थ्य, उत्पादनमुलक उद्योग र विविध क्षेत्रमा नेपालमा विभिन्न माध्यमबाट लगानी गरिरहेको थापाले बताए ।

अफ्रिकाका सबै देशमा रहेका लगभग सयजना नेपालीहरु आबद्द भइ सकेको यो कम्पनीले अफ्रिका, अन्य महादेशका गैरआवासीय नेपालीहरु र नेपालभित्र रहेका नेपालीहरु जोडेर हजार जना लगानीकर्ता जोडने अभियान चलाएका छौ ।

‘कम्पनीले आर्थिक लगानी मात्र नगरेर यहाँको सीप र ब्यवस्थापनका ज्ञान पनि नेपालमा लग्नेछ ।’ अफ्रिका भेन्चर्सका निर्देशक रोशन थापाले भने ।

‘कम नेपाली भएको महादेश र आर्थिक रुपमा अपेक्षाकृत रुपमा पछाडी रहेको अफ्रिका क्षेत्रबाट भएको यो प्रयासले अन्य क्षेत्र र देशमा बसेका नेपालीलाई पनि नेपालमा लगानी गर्न थप उत्प्रेरणा दिने विश्वास लिइएको छ ।’ हाल काठमाडौंमै रहेका कम्पनीका अर्का निर्देशक दीपक कर्णले भने ।

नेपालमा यसअघि छुट्टाछुट्टै रुपमा शुरु भएका अफ्रिकाका एनआरएनका ब्यसाय र लगानीलाई पनि यसले जोडने र संयुक्त रुपमा अगाडी बढाउन सहजीकरण गर्ने कर्णाले बताए ।