March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गाउँपालिकाको नाम संशोधन गर्दै सिरिजङ्गा राख्ने सभाको निर्णय

गाउँपालिकाको नाम संशोधन गर्दै सिरिजङ्गा राख्ने सभाको निर्णय

ताप्लेजुङ । नाम अप्रभंश भएको भन्दै चौतर्फी दबाब आएपछि सिरीजङ्घा गाउँपालिकाको नाम परिवर्तन हुने भएको छ । गापाको नवौँ सभाको पहिलो बैठकले ‘सिरीजङ्घा’बाट सिरिजङ्गाा कायम गर्ने निर्णय गरेको छ ।


गत असार ३ गते बसेको गाउँपालिकाको गाउँ सभाको नवौँ अधिवेशनले व्याकरणिक त्रुटी सच्याउँदै सिरिजङ्गा कायम गर्ने निर्णय गरेको गापा अध्यक्ष टीकाराम गुरुङको भनाइलाई उद्धृत गर्दै अभियन्ता रक्की थेवेले जनाए । याक्थुङ लिम्बु भाषाका सर्जक र सिरिजङ्गा लिपिका पुनर्उत्थानकर्ता सिरिजङगा सिं थेबेको स्मरणमा गाउँपाालिकाको नाम संशोधन गरेर पुनः नामाकरण गर्न भाषिक एवम् सामाजिक अभियन्ताहरूले दबाब दिएका थिए ।

Advertisement


‘लिम्बु भाषा र लिपिका सर्जक त्ये अङ्सी सिरिजङ्गा सिं थेबेको सम्मानमा यस गाउँपालिकाको नामाकरण भएकोमा व्याकरणीय दृष्टिले गाउँपालिकाको नाम परिवर्तन भएको भन्ने आवाज उठिरहेको सन्दर्भमा यस विषयमा सरोकारवालासँग गहन छलफल गरी प्राप्त सुझावलाई एकत्रित गर्दै सोही बमोजिम गाउँपालिकाको नाम परिवर्तनका लागि प्रदेश सरकार मार्फत नेपाल सरकारसमक्ष अनुरोध गरिनेछ,’ गापाको ४३ बुँदे नीति तथा कार्यक्रमको ३४ नम्बरमा उल्लेख छ ।

सिरिजङ्गा गाउँपालिकाको सभाले पारित गरेको नीति तथा कार्यक्रम


त्यसैगरी, बुँदा नम्बर ४१ ले प्रत्येक वर्ष मंसिर २९ गते सिरिजङ्गा दिवसका दिन सार्वजनिक बिदा दिने र सिरिजङ्गा महोत्सवको आयोजना गर्ने निर्णय पनि गरेको छ । सभाले चर्चित कलाकार एवम् लेखक मनोज गजुरेललाई ‘सिरिजङ्गाको छोरो’ का रूपमा सम्मान गर्ने निर्णय गर्दै गापाको सद्भावना पर्यटन दूत समेत तोकेको अभियन्ता आम्बेगुदनिका रक्की थेवेले बताए । गापा सभाले चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबीबीएस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका एक विद्यार्थीलाई निःशुल्क पढाउने घोषणा पनि गरेको छ ।


सिरिजङ्गा गाउँपालिकामा हाल साविकका सिनाम, आम्बेगुदिन, सिकैँचा, तेल्लोक, पेदाङ, मामाङ्खे, खेवाङ र याम्फुदिन गाविसहरू रहेका छन् । अहिले गापामा आठ वडाहरू छन् ।