April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आदिवासी जनजाति महासंघ यूकेमा शेर्पा निर्वाचित

आदिवासी जनजाति महासंघ यूकेमा शेर्पा निर्वाचित

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) यूकेको अध्यक्षमा कर्मा पहाडी शेर्पा निर्वाचित भएका छन् । महासंघको चौथो अधिवेशनले शेर्पालाई अध्यक्षमा निर्वाचित गरेको हो ।


भर्चुअल रूपमा सम्पन्न अधिवेशनले पूर्व महासचिव समेत रहेका शेर्पाको नेतृत्वमा महासंघको नयाँ कार्य समिति गठन भएको निर्वाचन आयुक्त भक्त दृराले बताए । उनलाई ११ जातीय संस्थाहरूमध्ये ६ जातीय संस्थाहरूले मत दिएका थिए । त्यस्तै, अर्का प्रत्यासी याक्खा छुम्माका पूर्व अध्यक्ष धन रोगूलाई ४ मत प्राप्त भएको थियो । त्यसैगरी, महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लिला सेलिङ माबो, उपाध्क्षमा सरला राना मगर, सचिवमा विमलाकुमारी राई र सदस्यहरूमा विष्णु जिमी, हिमाना दुरा, इन्द्रजंग दुरा, अभिषेक सुनुवार, देवेन्द्र आङ्बो, शान्त शेर्पा, गजवीर थापा मगर, रेञ्जी शेर्पा लामा लगायत छन् ।

Advertisement


महाधिवेशन निवर्तमान अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा सम्पन्न भएको थियो । दुई सत्रमा गरिएको कार्यक्रमलाई महासचिव खुशी तावा लिम्बुले सञ्चालन गरेका थिए ।