April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फाल्गुनन्द गाउँपालिकाको सरकारी कामकाजको भाषा याक्थुङ लिम्बु हुने

फाल्गुनन्द गाउँपालिकाको सरकारी कामकाजको भाषा याक्थुङ लिम्बु हुने

फेदेन । पान्थरको फाल्गुनन्द गाउँपालिकाले याक्थुङ लिम्बु भाषालाई आफ्नो गाउँपालिकामा सरकारी कामकाजको भाषा बनाउने भएको छ । गाउँपालिकाले आफ्नो २०७८/७९ को नीति कार्यक्रममा लिम्बु भाषालाई सरकारी कामकाजको भाषा बनाउने घोषणा गरेको हो ।
गाउँपालिकाले बिहीबार सम्पन्न भएको गाउँसभाबाट नीति कार्यक्रम मार्फत याक्थुङ लिम्बू भाषा लाई सरकारी कामकाजको भाषा बनाउने घोषणा गरेको हो ।

१६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको कर्मक्षेत्र तथा समाधीस्थल गाउँपालिकामा रहेको र फाल्गुनन्द गाउँपालिकाको ऐतिहासिकतालाई सम्मान गर्दै नेपाली भाषाको अलवा २०७८÷७९ देखि गाउँपालिकामा बाहुल्य जनसंख्याले बोल्ने लिम्बू भाषालाई गाउँपालिकाको सरकारी कामकाजको भाषाको रुपमामा मान्यता दिइने बताइएको छ । गाउँपालिका भित्र बोलिने अन्य भाषालाई समेत अगामी दिनमा कामकाजको भाषाको मान्यता दिइने नीति कार्यक्रममा बताईएको छ ।

Advertisement

फाल्गुनन्द गाउँपालिकामा ६४.२२ प्रतिशत लिम्बु जातिको बसोबास रहेको छ । पालिकाभित्र सबैभन्दा धेरै लिम्बुहरुको बसोवास रहेको र लिम्बु जातिहरुको ऐतिहासिक ठाउँ र महागुरु फाल्गुनन्दको कर्मभूमि, समाधिस्थल समेत फाल्गुनन्द गाउँपालिकामा रहेको हुँदा लिम्बु भाषालाई गाउँपालिकाको सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिइन् लागेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिए ।
तीन वर्ष अगाडिबाट लिम्बु भाषामा मातृभाषामा पढाइ समेत सुरु गरिएको र त्यसैलाई सहयोग पुगोस र यहाँको सबै भन्दा ठुलो समुदाय र यहाँको लिम्बूहरुको ऐतिहासिकतालाई सम्मान पुगोस भन्ने कुरालाई जोड दिदै लिम्बु भाषालाई गाउँपालिकाको सरकारी कामकाजको भाषा बनाउन लागेको गाउँपालिकाको उपप्रमुख देवित्रा आङदेम्बेले बताइन् ।