April 11, 2026, Saturday
२०८२ चैत्र २८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ लिम्बु चलचित्रका लागि अनलाइन कथा प्रतियोगिता हुँदै

याक्थुङ लिम्बु चलचित्रका लागि अनलाइन कथा प्रतियोगिता हुँदै

सुम्हात्लुङ(पान्थर) । याक्थुङ लिम्बु चलचित्रका लागि कथाहरू सङकलन गर्ने उद्देश्यले याक्थुङ मुनचइत् चोक सयङ(लिम्बु चलचित्रकर्मी संघ)ले अनलाइन याक्थुङ कथा प्रतियोगिता आयोजना गर्ने भएको छ । समुदायको विषयवस्तुमा आधारित भएर फिल्म निर्माण गर्न अन्तर्राष्ट्रियस्तरमा कथा प्रतियोगिता गर्न लागेको हो ।

याक्थुङ कथा बैंक स्थापना गर्न अनलाइन कथा प्रतिस्पर्धा आयोजना गरिएको सयङका अध्यक्ष एवम् चलचित्रकर्मी सूर्यप्रकाश चेम्जोङले बताए । उनले चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी प्रबद्र्धन समितिको सहयोगमा प्रतियोगिता हुने समेत जनाए । प्रतियोगितामा याक्थुङ विषयवस्तुउपर केन्द्रित रहेर याक्थुङ लिम्बु, अङ्ग्रेजी या खस नेपाली जुनसुकै भाषामा ४०० देखि ५०० शब्दमा रहेर असार २५ गते कथा पठाउन सर्जकहरूलाई आग्रह गरिएको छ ।

Advertisement

प्रतियोगितामा पठाइएका कथाहरूमध्ये उत्कृष्ट कथालाई मुन्धुमी थिम, मिम् थिम, पर्यावरणीय, डायस्पोरिक थिमका आधारमा पुरस्कृत गरिने चलचित्रकर्मी सागर केरूङले जानकारी गराए । उनले असार २७ गते जुमबाट नतिजा घोषणा गरिने बताए । सयङको स्थापना २०६६ मा भएको निर्देशक मौसम इम्बुङको अध्यक्षतामा भएको थियो ।