April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
साविक विजेता र्पोचुगल यूरो कपबाट बाहिरियो

साविक विजेता र्पोचुगल यूरो कपबाट बाहिरियो

स्पेन । यूरो कपको डिफेन्डिङ च्याम्पियन पोर्चुगल २०२० को यूरो कपबाट बाहिरिएको छ । बेल्जियमले अन्तिम १६ को खेल १–० ले खेल जितेपछि पोर्चगुलले हार बेहोरेको हो ।


वेलजियमका खेलाडी थोर्गन हजार्डले खेलको ४२ औँ मिनेटमा गरेको गोल नै टिमका लागि जितका लागि निर्णयक सावित भएको थियो । पोर्चुगलबाट चर्चित खेलाडी क्रिस्चियानो रोनाल्डो, पेपे, बर्नाडो सिल्भा र ब्रुनो फर्नान्डेजले खेलेका थिए । त्यस्तै, बेल्जियमबाट खेलाडीहरू इडन हजार्ड, लुकाको, थोर्गन हजार्ड, केबिन डि ब्रायनले खेलेका थिए । पोर्चुगलले सन् २०१६ मा यूरो कपको उपाधि उचालेको थियो ।

Advertisement


निकै रोमाञ्चक र आक्रमक रहेको खेल स्पेनको इतदियो ला कारटुजा दि सिल्बा को स्टेडियम भएको थियो । पोर्चुगिज खेलाडी रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी हुनबाट केवल एक गोल टाढा छन् ।