April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कुवेत : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावास बन्द

कुवेत : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावास बन्द

काठमाडौँ – कुवेतमा रहेको नेपाली दूतावासले भौतिक उपस्थितिमा गर्नुपर्ने सेवा प्रवाह आजदेखि बन्द गरेको छ । 

दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भौतिक रुपमा प्रवाह गरिने सेवा राहदानी नवीकरण, कागजात प्रमाणीकरण, कागजात जारी लगायतका काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहने  दूतावासले जनाएको छ ।

Advertisement

यस अवस्थामा अत्यावश्यक सेवाबारे जानकारी लिनुपरेमा दूतावासको सम्पर्क नम्बर २५३२१६०३/२५३२१६०४/२५३२१६०५ मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ । यस्तै दूतावासको इमेल eonkuwait@mofa.gov.np मार्फत पनि सम्पर्क गर्न सकिनेछ ।