नेपाल काेरिया सस्तोमा उडान भर्छु भन्ने सिंगापुर एयरलाइन्सले अनुमति पाएन
काठमाडौँ – मन्त्रिपरिषद्को निर्णयपछि नेपाल सरकारले अघिल्लो साताबाट सीमित संख्यामा अन्तर्राष्ट्रिय उडानहरूको निम्ति अनुमति दिने निर्णय गरेपनि सिङ्गापुर एयरलाइन्सले उडान अनुमति नपाएको बताएको छ ।
कोरियाबाट सिङ्गापुर ट्रान्जिट हुँदै नेपाल उडानको लागि उक्त एयरलाइन्सले निवेदन दिएको थियो। उक्त एयरलाइन्सले अन्य उडानको भन्दा तेब्बर सस्तोमा उड्न तयार भए पनि उडान अनुमति नदिँदा पाएन ।
यदि सिंगापुर एयरलाइन्सले अनुमति पाएकाे भए नेपाल आउने तयारीमा रहेर काेरियामै अड्किएका थुप्रै नेपालीहरु सत्ताे टिकटदरमा फर्किन पाउथे । स्रोतका अनुसार आर्थिक चलखेलका कारण सत्ताे भाडामा यात्रु बाेक्ने एयरलाइन्सले अनुमति नपाएको बताइएको छ ।




प्रतिकृया दिनुहोस्