May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
घाँसी जयन्ती मनाउँदै स्रष्टाहरू, असार २९ मा कविता प्रतियोगिता हुँदै

घाँसी जयन्ती मनाउँदै स्रष्टाहरू, असार २९ मा कविता प्रतियोगिता हुँदै

लन्डन । आदिवासी साहित्यकारकर्मीहरूले यहीँ असार २९ गते प्रथम आदिवासी घाँसी जयन्ती मनाउने निर्णय गरेको छ । घाँसीको स्मरणमा खुल्ला कविता प्रतियोगिता समेत आयोजना हुने भएको छ ।

घाँसीको प्रसङ्ग आदिकवि भनिएका भानुभक्त आचार्यको जीवनीमा बारम्बार आउने गर्दछ । आदिवासी जनजाति साहित्यकाररलेखक महासङ्घ यूकेको संयोजनमा हुन लागिरहेको प्रतियोगिताका लागि २०० शब्द सीमाभित्र रहेर आफ्नो सिर्जना पठाउन आयोजक समूहले आग्रह गरेको छ । कविता असार २७ गतेभित्र सर्जकहरूले पठाइसक्नुपर्ने छ ।

Advertisement

जयन्तीका परिकल्पनाकार एवम् आदिवासी अधिकारकर्मी आङकाजी शेर्पाका अनुसार घाँसी भनिएका व्यक्ति मगरात क्षेत्रमा पर्ने तनहुँका खड्ग ठाडा मगर भएको दाबी गरे । शेर्पाले खस साहित्य र भाषाका आदिकवि भानुभक्तको मात्रै चर्चा हुँदा आदिवासी समुदायका घाँसी ओझेलमा परेको गुनासो गरे ।

घाँसीको शालिक तनहुँको चुँदी रम्घामा भानुभक्तसँगै निर्माण भएको छ । उनीबारे केही वृत्तचित्र पनि निर्माण भएको छ । घाँसीको व्यक्तित्वलाई थप उजागर गर्न प्रतियोगिता लाभदायक हुने गीतकार एवम् प्रतियोगिताका सल्लाहकार भगवान चामलिङले बताए ।

२९ गते नेपालको समयअनुसार बेलुकी ५ बजे जुममार्फत वाचन कार्यक्रम हुने संयोजक अमित थेवेले जनाए । उनले स्रष्टाहरूले आफ्नो रचना amityakthumba@gmail.com मा पठाउन सकिने समेत बताए ।

प्राप्त सिर्जनाहरूमध्ये पहिलो, दोस्रो र तेस्रो सर्जकहरूलाई क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।