May 19, 2024, Sunday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नियारा प्रोडक्सनले ‘याक्थुङ इनाक’ आयोजना गर्दै

नियारा प्रोडक्सनले ‘याक्थुङ इनाक’ आयोजना गर्दै

गान्तोक, ९ जुलाई । नियारा प्रोडक्सनलाई सन् २०१६ देखि सिक्किम याक्थुङ निछाम्सा साप्सोक चुम्बो (एस.वाइ.एन.एस.सी)-ले सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर सहयोग पुर्‍याउँदै आइरहेबापत ८ जुलाईको दिन एउटा कार्यक्रम आयोजन गरिएको थियो।

एस.वाइ.एन.एस.सी-का सदस्यहरूलाई विशेषरूपमा धन्यवाद दिनका लागि नियारा प्रोडक्सनद्वारा आयोजित कार्यक्रममा राज्य सरकारको पशुपालन विभागका अवकाशप्राप्त सचिव एसबी माङयुङ मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सिक्किम याक्थुङ साप्सोक सङ्जुम्बो (एसवाइएसएस)-का अध्यक्ष सीएस तामलिङ र चिन्मय मिशन (सिक्किम च्याप्टर)-की महासचिव रत्ना लक्सम विशिष्ठ अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नियारा प्रोडक्सनको तर्फबाट एसवाइएनएससीका सदस्यहरूलाई मुख्य अतिथिको बाहुलीद्वारा ‘मायाको चिनो’ प्रदान गरिएको थियो।

Advertisement

यसरी नै एसवाइएनएससीका सदस्यहरूले चिन्मय युवा केन्द्र, उत्तर-पूर्वाञ्चलद्वारा आयोजित ‘अनलाइन नेशनल युथ कन्भेन्सन’ सांस्कृतिक कार्यक्रममा चिन्मय मिसन, सिक्किम च्याप्टरको पक्षबाट सहभागिता जनाएबापत विशिष्ठ अतिथि रत्ना सक्समको बाहुलीद्वारा प्रमाण-पत्र प्रदान गरिएको थियो। सो कार्यक्रम गत १० देखि १२ जनवरी २०२१ को दिन आयोजन गरिएको थियो। यस्तै प्रकारले मुख्य अतिथि एसबी माङ्युङको बाहुलीद्वारा एसवाइएनएससीलाई नियारा प्रोडक्सनको तर्फबाट उपहारस्वरूप ‘लिम्बू पोषाक’ प्रदान गरिएको थियो। कार्यक्रमबारे जानकारी गराउँदै आयोजक ‘नियारा प्रोडक्सन’ प्रमुख नियारा सुब्बाले भनिन्, “एसवाइएनएससी लिम्बू भाषी विद्यार्थीहरूको राज्य स्तरीय संस्था हो। हाम्रो प्रोडक्सनलाई यो संस्थाको सन् २०१६ को व्याचदेखि अहिलेसम्मकै ब्याचका सदस्यहरूले सक्रियातापूर्वक साथ दिँदै आइरहेका छन्। विशेष सांस्कृतिक प्रस्तुतिहरूका लागि निरन्तर सहयोग पुर्‍याउँदै आइरहेको हुनाले पनि हामी कृतज्ञ छौं।’’ उनले यसपटक मात्रै यसप्रकारको कार्यक्रम आयोजन गर्न सकेको बताउँदै भनेकी छन्, “समयले सधैं साथ नदिए पनि यसपटक समय मिलाएका छौं, जुराएका छौं।

त्यसैले वर्तमान कोरोना महामारीलाई ध्यानमा राख्दै सामाजिक दुरुत्वको नियम पालनका साथ यो सामान्य कार्यक्रम आयोजन गर्न सकेका छौैं।’’ कार्यक्रममा सबैलाई सहभागि गराउन नसकेको अवगत गराउँदै उनले भनेकी छन्, “यस पटक जुराएको यो समयमा एसवाइएनएससीको वर्तमान ब्याचको सदस्यहरूलाई मात्रै उपस्थित गराउन सकेका भए पनि यसै कार्यक्रममार्फत हामी २०१६ देखि हामीलाई साथ दिने अहिलेसम्मका सबैलाई सम्झना चाहान्छौैं अनि सबैलाई धन्यवाद दिन चाहान्छौं।’’ उनले यसरी धन्यवाद तथा मायाको चिनो दिने जुन परम्परा आजदेखि शुरु भएको छ, यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएकी छन्। उनले आगामी दिनमा पनि यसरी नै मिलेर काम गर्नसकौं भन्ने कामना पनि राखेकी छन्। प्रोडक्सन प्रमुख सुब्बाले एसवाइएनएससी, एसवाइएसएस र चिन्मय मिसन (सिक्किम च्याप्टर)-का सम्पूर्ण सदस्य साथै अन्य सहयोगीहरूप्रति पनि आभार प्रकट गरेकी छन्। यसका साथै नियारा प्रोडक्सनले चाँड़ै ‘याक्थुङ इनाक’ (लिम्बू सिङ्गिङ आइडल) आयोजन गर्ने नियारा सुब्बाले घोषणा गरेकी छन्। यसको माध्यमद्वारा नै लिम्बू जातीबाट ‘सेलिब्रेटी’हरू जन्माउन सकौं भन्ने उद्देश्य राखिएको उनले बताएकी छन्।