April 14, 2024, Sunday
२०८१ बैशाख ३, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
शेरबहादुर देउवाद्वारा प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

शेरबहादुर देउवाद्वारा प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

काठमाडौं – नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

नेपाली कांग्रेसका सभापति देउवालाई शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

Advertisement

प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले आपत्ति जनाएपछि शपथ समारोह केही बेर ढिला भएको थियो । ६ बजे हुनुपर्ने शपथ ग्रहण दुई घण्टा ढिला गरी भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हालैको सर्वोच्च अदालतको फैसलाले पदमुक्त गरिदिएपछि देउवा पाँचौ पटक सरकार प्रमुखमा निर्वाचित भएका हुन् ।