April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
टी २० रेडिङ क्रिकेट कप आयोजना हुँदै

टी २० रेडिङ क्रिकेट कप आयोजना हुँदै

लन्डन । हिमालयन क्रिकेट क्लब तथा पोखरेली मञ्च युकेको सहयोगमा यही आउदो १७ र १८ जुलाईमा दुई दिने टी २० क्रिकेट रेडिङ कप आयोजना हुँदैछ ।


आयोजक हिमालयन क्रिकेट क्लबका अनुसार पोखरेली मंचले गर्दै आएको प्रतियोगिता यस पटक कोभिड–१९ का कारणले नगर्ने भएकोले खेलाडी, क्लब, क्रिकेट प्रेमीको प्रोत्साहनका लागि क्रिकेट खेललाई निरन्तरता दिन लागिएको क्लबले जनाएको छ । नेपालीमाझ रहेका उत्कृष्ट छ टिमको सहभागिता हुने हिमालयन क्लबले जनाएको छ ।

Advertisement


क्रिकेट क्लबले बेलायतमा बसोबास गरिरहेका सम्पूर्ण क्रिकेट प्रेमी, खेलाडी, साथी, बुद्धिजीवि, सहयोगदाताहरू सबैलाई उपस्थितिका अनुरोध गरेको छ । कार्यक्रम रेडिङ्गको रेडिङ्ग क्रिकेट क्लब मैदान मा १७ जुलाई बिहानको ठीक ११ बजे सञ्चालन हुने हिमालयन क्लबका निर्देशक प्रकाश गुरुङले जानकारी दिए ।