April 28, 2024, Sunday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गाउँपालिकाको नाम सिरिजङ्गा कायम गर्न कार्यदल गठन

गाउँपालिकाको नाम सिरिजङ्गा कायम गर्न कार्यदल गठन

तेल्लोक(ताप्लेजुङ) । याक्थुङ लिम्बु भाषा र लिपिका सर्जक त्येअङ्सी सिरिजङ्गा सिं थेवेको सम्मानमा गाउँपालिकाको नाम सिरिजङ्गा कायम गर्न कार्यदल गठन भएको छ । सिरिजङ्घाबाट सिरिजङ्गा कायम गर्ने प्रक्रियाअनुसार गाउँपालिकाले कार्यदल गठन गरेको हो ।

असार २८ गते बसेको गापाको बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको अध्यक्ष टीकाराम गरूङले उल्लेख गरे । कार्यदलको संयोजकमा वडा नं ५ का अध्यक्ष पूर्ण सिं माबो र सदस्यहरूमा गापा सदस्य विमला साम्यू र तेल्लोक माविका प्रधानाध्यापक रुकमान थेवे छन् । त्यस्तै, गठन भएको तीन सदस्यीय कार्यदलका सल्लाहकारहरूमा भाषा तथा संस्कृतिविद येहाङ लाओती, मुन्धमविद् एवम् लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङ र प्राज्ञ एवम् सहप्राध्यापक अमर तुम्याहाङ छन् ।

Advertisement


गत असार ३ गते बसेको गापाको नवौँ सभाले स्थानीय सरकारको नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । साँस्कृतिक सहिद सिरिजङ्गाको नाममा गापाको नाम राखिनुपर्ने र देखिएको व्याकरणिक त्रुटी सच्याउनुपर्ने व्यापक जनदबाब आएपछि संशोधन गर्ने निर्णयमा पुगेको गापा अध्यक्ष गुरूङले बताए । गापामा लिम्बुवान याङ्वरक थुमका साविकका सात गाविसहरू छन् ।