March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिसेक्पा तङ्नामको महत्व “छालाको लुतो कन्याएर निको हुँदैन”

सिसेक्पा तङ्नामको महत्व “छालाको लुतो कन्याएर निको हुँदैन”

भरखरै फलेर पाक्न लागेका अन्न, फलफूल खासगरी मकै, खुर्सानी, काक्रो, फर्सी, बरपीपलको पातहरु बाबियो÷खरको डोरीमा लहरै सिउरेर मूल ढोकामाथि झुन्डाइन्छ । बेलुका मासु, तोङवा आदि मिठोमिठो खानेकुरा खाईसकेपछि दियालो बालेर घरका कुनाकाप्चामा नाङ्लो ठटाउँदै बाहिर निस्केर अगुल्ठो र नाङ्लो घर बाहिर फ्याकिन्छ ।

‘साक्च्योङ’ अर्थात अनिकालका राजा घरमा पसेपछि पूरै गाउँ अनिकालले सताएर हैरान पारेपछि त्यसको विरुद्ध हाम्रा पुर्खाहरुले अनिकाल खेद्न अप्नाएको यो जुक्ति नै अन्ततः ‘सिसेक्पा तङ्नाम’ अर्थात साउने संग्रान्ती चाडको रुपमा विकसित भएको याक्थुङ मिथकहरुमा उल्लेख भएको पाईछ । कसैले असारे हिलोमैलोमा छालामा लाग्ने लुतो रोग फ्याक्ने चाडका रुपमा पनि लिन्छन् ।

Advertisement

कृषकका लागि चैत, वैशाख, जेठ र असार चार महिना अत्यन्तै कठिन दिनहरु हुन । यसैबेला भकारीका अन्नहरु रित्ति सकेका हुन्छन् । वर्ष भरिका लागि खाने अन्न कमाउने यसै समयमा पर्छ । हावाहुण्डरी, बाढीपहिरो प्राकृतिक प्रकोप र अनेकौं हिंस्रक जंगली जनवारको सामनापनि यिनै बेलामा गर्नुपर्दछ । असारको अन्तसंगै अन्नबाली पाक्न थाल्छन् । प्राकृतिक प्रकोप र रोगव्याध घट्न थाल्छन् । दुःखका अनेकौं खुड्किलाहरु उक्लेर यो वर्ष बाचियो भनेर खुशियाली मनाउने परम्परा नै ससेक्पा तङ्नाम भन्दा अलिक सान्दर्भिक हुन्छ । सुनाई र बुझाई जे भएपनि आखिर सिसेक्पा तङ्नाम प्रकृति, मानव विकास र मानविय संवेदनाका अनेकौं पक्षहरुसंग गहिरो सम्बन्ध रहेका पाईन्छन् ।