May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङ यूकेको याक्थुङ लिम्बु भाषा साहित्य गोष्ठी सम्पन्न

चुम्लुङ यूकेको याक्थुङ लिम्बु भाषा साहित्य गोष्ठी सम्पन्न

लन्डन, १७ जुलाई । किरात याक्थुङ चुम्लुङ यूकेले भर्चुलअ माध्यम मार्फत लिम्बु भाषा साहित्य गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व भर फैलिएको महामारी कोभिड १९ का कारण संस्थाको विविधकार्यक्रम हरु अवरुद्धभए संगै यस् वर्षको सिसेक्पा तङ्नाम २०२१ पनि स्थगित गर्नु परेकोले सोही समयलाई सदुपयोग गर्दै लिम्बु भाषा साहित्य गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

बेलायतको लकडाउन सहज् हुने निश्चित नभएको अवस्थामा छोटो समयमै तय गरिएको उक्त कार्यक्रम नेपालबाट लिम्बु भाषाविद् तथा कवि येहाङ लावतीको प्रमुख आथित्यमा १७ जुलाइ शनिबार जुम भर्चुअलमाध्यमबाट सम्पन्न भएको हो । कार्यक्रममा जम्मा १४ जनाले भाग लिएका थिए । सहभागीहरुमा किरात याक्थुङ चुम्लुङ यूकेका उपाध्यक्ष छत्र वनेम, रस्मोर शाखा अध्यक्ष भगीश्वर चोङ्बाङ लिम्बु, आस्फोर्ड शाखा अध्यक्ष टंक येङ्देन, महासचिव गणेश इजम, धनकुमारी लिम्बु, दिपक तावा लिम्बु, समाजसेवी लिला सेलिङ माबो, समाजसेवी तथा गीतकार सुवर्ण नेम्बाङ, सूर्य केरुङ, विष्णु तावा केरुङ फेदाङ्मा, पदम सम्बाहाङ्फे, माङेना चुम्लुङ युकेकी अध्यक्ष कल्पना आङ्बुहाङ, सल्लाहकारद्वय डम्मर सिङ्गक लिम्बु र दिल्सिङ मेन्याङ्बो थिए ।

लिम्बुहरुको महान् पर्व सिसेक्पा तङ्नाम २०२१ को शुभकामना आदानप्रदान गर्दै सुरु भएको साहित्यिक कार्यक्रममा लिम्बु भाषामा कथा, कविता, हाक्पारे, पालाम, ख्यालीहरु प्रस्तुत भएका थिए । आमन्त्रित अथिति एवम् सबै सल्लाहकारहरुलाई आशनग्रहण गराउँदै महासचिव इजमले कार्यक्रमको जानकारी सहित् सुरुवात गरेपछी साहित्यिक कार्यक्रमको सन्चालन भने सहसचिव सानु सुब्बाले गरेकी थिइन् ।

प्रमुख अथिति लावतीले कार्यक्रम रोचक, ज्ञानवर्धक रहेको बताउनुहुँदै लिम्बु भाषा सम्बन्धी यस्तो महत्वपूर्ण कार्यक्रम बेलायत बाट हुनु एकदमै उदाहरणिय रहेको कुरामा जोड दिनु भयो । उनले लिम्बुको इतिहास महागुरु फाल्गुनन्द, इमानसिङ चेम्जोङ, सिरिजङ्गा हाङ राजाहरुको उपदेशहरु संक्षिप्त रुपमा प्रस्ट्याएका थिए ।

तिल बिक्रम सम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रम वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङले स्वागत मन्तब्य, सल्लाहकार नरकुमारी लिम्बुले शुभकामना मन्तव्य राखेका थिए ।