May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आज बकर इद मनाउँदै मुस्लिम समुदाय

आज बकर इद मनाउँदै मुस्लिम समुदाय

काठमाडौं । इस्लाम धर्मावलम्बीले प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ ।

इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । इदको अवसरमा प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा दिइएको छ । मुस्लिम समुदायका अगुवा तथा संस्थाका प्रमुखले बकर इदका अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेपछि सार्वजनिक बिदा दिइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना दिएकी छिन् ।

Advertisement

इद पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् । इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ । सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ ।