May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘सिरिजङ्गा लिपिलाई किरात लिपि भन्न मिल्दैन’ – याक्थुङ चुम्लुङ

‘सिरिजङ्गा लिपिलाई किरात लिपि भन्न मिल्दैन’ – याक्थुङ चुम्लुङ

विजयपुर । त्येअङ्सी सिरिजङ्गा सिं थेवेको बलिदानको अपमान भएको ठहर गर्दै याक्थुङ चुम्लुङले ‘किरात लिपि’ बनाउने प्रयासको विरोध गरेको छ । साझा लिपि बनाउने प्रयासमा लिपिको ऐतिहासिक पहिचानमा संकट ल्याउन खोजेको भन्दै चुम्लुङले आपत्ति जनाएको हो ।

किरात याक्थुङ चुम्लुङ लगायत चार किरात जन्य संस्थाका प्रतिनिधिहरूले गत असार २७ गते एउटै लिपि प्रयोग गर्ने र लिपिको नाम किरात लिपि राख्न सकिने भन्दै सहमतिको प्रयास गरेका थिए । कियाचु वि.सं. २०४६ मा ललितपुरमा स्थापना भएको संस्था हो । याक्थुङ चुम्लुङ भने २०७७ मा धरानमा स्थापना भएको हो । याचुले आफूलाई मौलिकतावादीहरूको संगठन भनेर दाबी गर्दै आएको छ ।

Advertisement

सिरिजङ्गा लिपिलाई सबै जातिहरूले प्रयोग गर्न सकिए पनि लिपिको नाम सिरिजङ्गा नै राख्नुपर्ने याचुको धारणा रहेको छ । सो संस्थाका अध्यक्ष भक्त मुसाहाङले विज्ञप्ति जारी गर्दै कियाचु लगायतका संस्थाहरूलाई लिपिको नामबारे गम्भीर र सचेत रहन आग्रह गरेको छ । यसअघि पनि युमा साम्यो महासभाले लिपिको नाम किरात राख्न खोजेको भन्दै विरोध गरिसकेको छ ।