April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रफिकुल आलमलाई सांस्कृतिक योद्धा घोषणा,मरणोपरान्त सम्मान

रफिकुल आलमलाई सांस्कृतिक योद्धा घोषणा,मरणोपरान्त सम्मान

धरान । सांस्कृतिक अधिकार संरक्षण समिति धरानले आफनो १५ औं सांस्कृतिक अभियान वार्षिकी कार्यक्रम सम्पन्न गरेको छ । १५ औ वार्षिक उत्सवको अवसरमा  झापा जिल्ला कामाटोली गाउँपालिका ३ का स्वर्गीय रफिकुल आलामलाई मरणोपरान्त सांस्कृतिक योद्धा घोषणा गर्दै सम्मान गरिएको थियो । नगद २१ हजारसहित गरिएको सो सम्मान मृतकको धर्मपत्नी मुर्सिदा बिबीले लिएका थिए । सांस्कृतिक योद्धालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सांसद उमिता बराईली र समिति अध्यक्ष सुबासचन्द्र हुक्पाचोङ्बाङले सम्मान गरेका हुन् ।

झापाका रफिकुल आलामलाई २०७७ साल भदौ १० गते गोरु काटेको भनेर शसस्त्र प्रहरीले गोलि हानेका थिए । घाइते भएका आलामलाई उपचार गराउने क्रममा मृत्यु भएका थिए ।

Advertisement

सम्मानित सो कार्यक्रममा परिवारको तर्फबाट बोल्दै मृतकका छोरा सामिल आलमले संविधानमा सबैलाई धार्मिक र सांस्कृतिक अधिकारको व्यवस्था गरिएको भए पनि दैनिक अभ्यासमा प्रयोगमा नआएको बताए । उनले आफनो बुबा सांस्कृतिक सहिद भएकोले सहिद घोषणा गर्न पनि माग गरे । यसैगरि कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का माननीय सांसद उमिता बराइलीले सांस्कृतिक अधिकार संविधानमा व्यवस्था भएकाले यसको कार्यान्वयनमा जोड दिनु पर्ने बताए । सांसद बराइलीले भने–‘प्रथाजन्य सांस्कृतिक अधिकारको प्रयोग गर्दा रफिकुल आलामहरु मारिनु लोकतान्त्रि सरकारको दुर्भाग्य हो ।’ प्रथाजन्य सांस्कृतिक अधिकार प्रयोग गर्दै गोरु मार्दा कानुन लाग्ने र गोरु मारेको आरोपमा मान्छे मार्दा मान्छे मार्ने उपर कानुन नलाग्ने देश नेपाल भएको बताउँदै कार्यक्रममा अध्यक्ष सुवास हुक्पा चोङबाङले नेपालको कानुन विभेदकारी र एक पक्षीय भएको बताए ।

नेपालमा अन्तरिम संविधान जारी भएपछि घोषितरुपमा ०६३ सालदेखि धरान–११ मा गोरु काटेर सांस्कृतिक विद्रोह गरेको स्मरणमा समितिले प्रत्येक साउन ५ गते सांस्कृतिक बार्षिकी मनाउँदै आएको छ । अन्तरिम संविधानमा धर्मनिरपेक्ष उल्लेख भएपछि त्यसको कार्यान्वयनको लागि पनि सांस्कृतिक अधिकार संरक्षण समितिले शुरूवातको दिनलाई हरेक वर्ष बिशेष कार्यक्रम गरेर दिवसका रुपमा मनाउदै आएका छन् ।