April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायतामा आज गोर्खा कप हुँदै

बेलायतामा आज गोर्खा कप हुँदै

लन्डन । यूकेको सबैभन्दा ठूलो र प्रतिष्ठित फुटबल प्रतियोगिता गोर्खा कपको १९ औँ संस्करण आज शनिबार हुँदैछ । तमु धीँ यूकेको आयोजनामा कपको सम्पूर्ण खेलहरू अल्डरसटमा हुने भएको छ ।

बेलायतमा लकडाउन खुलेसँगै प्रतियोगिता गर्न सहज भएको तमु धीँ यूकेका अध्यक्ष हितकाजी गुरूङले जनाए । कपका लागि ३२ टिम, भेट्रान र अल्ट्रा भेट्रान गरेर कुल ४२ टिमले प्रतिस्पर्धा गर्दैछन् । साथमा प्यारासुट जम्प साँस्कृतिक कार्यक्रम र विभिन्न स्टल र १० रेष्टुरेन्टहरू सञ्चालन हुनेछन् ।

Advertisement

तीन समूका विजेताहरूले क्रमशः २५००, १५०० र १२०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र हासिल गर्ने अध्यक्ष गुरूङले बताए ।