April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
समानताको कसिलो डोरी ‘लुङा’

समानताको कसिलो डोरी ‘लुङा’

याक्थुङ समुदायमा लुङा शब्दको अर्थ साइँनो सम्वन्ध, आत्मियता, समानता व्यापक, बहुआयमिक र बहुपक्षीय छ । खासमा नितान्त समानताको आधारमा छ । दुँनियमा भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताका लागि साना ठूला आन्दोलनदेखि युद्धसम्म भए । महात्मा गान्धी, नेन्सल मण्डेला, लिच वालेसा, स्यामुल आदामहरु अहिंसात्मक स्वतन्त्र संग्रामका अगुवा । स्वतंत्रताका लागि बन्दुक बोक्ने सयौं बन्दुके योद्धाहरु जन्मे । दुँनियामा धेरै मुलुक स्वतन्त्र छन । तर समानता बिना स्वतन्तताको अर्थ छैन । याक्थुङ समुदायमा व्यापक प्रयोगमा आउने लुङा समानता देखाउने बलियो सूचक बारेमा छोटो कुवाकुजा ।

लेखक हेम्ब्या

१. साइँनो सम्बन्धः लुङा आफैमा नाता संबन्ध खुलाउने प्रमाणपत्र हो । हामी आफ्ना मामा वा फुपुका छोराछोरीलाई नाम वा जेठा, माईला, कान्छी भन्दैनौं । नत उमेरअनुसार दिदी भाइ, बहिनी भन्छौं । लुङा सम्वोधनले परिवारमा कसैलाई जेठो कान्छो नभनि याक्थुङ समुदायको विद्यमान समानताको मूल्य मान्यतालाई स्थपित गर्छ ।

Advertisement

२. आत्मीयताको कसिलो डोरीः कुनै अपचिरित व्यक्तिसंग बाटोमा अचनाक भेट हुदाँ हाम्रो मुखबाट फुत्किने पहिलो शब्द ‘लुङा’ । तेसपछि कता बस्ने, के थर परियो ? मावली, बजू केके आदि सोधासोध गरिन्छन । साइँनो सम्वन्ध जोडिए तेहीअनुसार नत्र उही लुङा शब्दले बाँकी कुरा हुन्छन । यहाँ लुङा शब्द आत्मियताको कसिलो डोरी बनि दिन्छ । सानो ठूलोको गन्ध कतै छैन ।

३. समानताको संस्कृतिः याक्थुङ समुदायमा यालाङ सभ्यताको सूचक मात्र नभइ यो जातीको पहिचानलाई जीवन्त राख्ने महत्वपूर्ण सांस्कृतिक विरासत । साइँनो सम्वन्ध नलाग्ने युवायुवतीहरु म्ोलावजार, बिवाह वर्खी, पाहुना आउदा जादा धान नाचिन्छ । धान नाचमा पृथ्विको उत्पति मानव सभ्यताका अनेक मुन्धुमदेखि मायापिरति, सद्भाव, आत्मियताका गाथा गाइन्छन । नाच्दानाच्दै मायाप्रेम वसेर केहीले घरजम गरेपनि यसको सांस्कृतिक विरासतका अनेक आयमहरु छन । हो धान नाच्नेहरु युवायुवतीबीच एकअर्कालाई सम्बोधन गर्ने शब्दपनि लुङा नै हो । तँ, तिमी, तपाई ठूलो सानोको गन्ध छैन । समानताको संस्कृतिले पहिचानलाई बलियो बनाउँछ ।