May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आज २७ औँ विश्व आदिवासी दिवस

आज २७ औँ विश्व आदिवासी दिवस

लन्डन । आज २७औं विश्व आदिवासी दिवस । नेपाल र प्रवासमा रहेका नेपालका आदिवासी जनजाति समुदायसम्बद्ध संघसंस्थाहरुले पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध विभिन्न जातीय संघसंस्थाले कार्यक्रम आयोजना गरेका छन् ।

यस वर्ष ‘कसैलाई पछाडि नछोडौं : आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आह्वान’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघले भने ‘पहिचानसहितको संघीयता र स्वयत्तत्ताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्मनिरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७ औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन’ नारा तय गरेको छ । हरेक वर्ष अगष्ट ९ का दिन संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर आदिवासी जनजाति दिवस मनाउने गरिन्छ ।

Advertisement

सन् १९९४ मा सम्पन्न जेनेभा बैठकमार्फत संयुक्त राष्ट्र सङ्घको आह्वानमा प्रत्येक वर्षको अगष्ट ९ तारिखमा मनाउन थालिएकोहो । विश्वमा संसारभरका करिब ३७ करोड आदिवासी जनजाति, ७,००० बढी भाषा तथा ५,००० बढी साँस्कृतिक समुदायहरू रहेको जनाएको छ ।

नेपालमा १२५ जातिहरु रहेको २०६८ को जनगणनाले देखाएको छ । जसमध्ये ५९ आदिवासी जनजाति समुदायमा सूचीकृत छन् । सूचीकरणका लागि थप २१ समुदायले माग गरेका छन् । नेपालको कुल जनसंख्याको ३७.२ प्रतिशत आदिवासी जनजाति समुदायले ओगटेको राज्यको तथ्यांक भएपनि आदिवासी समुदायले आफूहरु ६० प्रतिशत बढी भएको दाबी गर्दै आएका छन् ।