April 11, 2026, Saturday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ भनेकोमा युमा साम्यो महासभा यूकेको आपत्ति

सिरिजङ्गा लिपिलाई ‘किरात लिपि’ भनेकोमा युमा साम्यो महासभा यूकेको आपत्ति

लन्डन । लिपिका प्रचारक सिरिजङ्गा सिं थेबेको योगदानको अवमूल्यन हुने गरी सिरिजङ्गा लिपिको नाम ‘किरात’ राख्न खोजेको भन्दै युमा साम्यो महासभा यूकेले आपत्ति जनाएको छ ।

लिपिको प्रयोगको व्यापकतामा समर्थन भएतापनि नामको ऐतिहासिकता मेटाउन सुनियोजित ढंगले संवाद र कदम बढेको भन्दै महासभाको यूके समितिले विरोध गरेको हो । एक विज्ञप्ति जारी गर्दै महासभा यूकेले साँस्कृतिक योद्धा सिरिजङ्गाको योगदानको अपमान नगर्न आग्रह गरेको छ ।

Advertisement

‘लिपिको संरक्षण, सम्बद्र्धन, र प्रबद्र्धन गर्ने सिलसिलामा महान् सहिद सिरिजङ्गाले आफ्नो अमूल्य प्राण दिनुभएको भुल्नु हुँदैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘सन् १९२५ मा दार्जिलिङमा गठन भएको तुम याक्थुहाङ चुम्लुङको पूर्ण बैठकमार्फत् याक्थुङ लिपिलाई विधिवत् तवरले सिरिजङ्गा लिपि नामाकरण गरिएका प्रमाणहरू सुरक्षित छन् ।’ महासभाले लिपिको नाम परिवर्तन गर्ने कार्यलाई ‘साँस्कृतिक अतिक्रमण’ को संज्ञा दिएको छ । विज्ञप्तिमा यूके अध्यक्ष टङ्क वनेम र महासचिव तारा कन्दङ्वाले हस्ताक्षर गरेका छन् । यसअघि, महासभाको अन्तर्राष्ट्रिय समन्वय समिति र भक्त लिम्बु नेतृत्वको याक्थुङ चुम्लुङ नेपालले विज्ञप्ति जारी गरेर समान धारणा सार्वजनिक गरिसकेको छ ।