April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिम्बु चलचित्र कथा प्रतियोगितामा  पाँच कथा पुरस्कृत

लिम्बु चलचित्र कथा प्रतियोगितामा पाँच कथा पुरस्कृत

ललितपुर । लिम्बु चलचित्रकर्मी संघले आयोजना गरेको लिम्बु चलचित्र कथा प्रतियोगितामा उत्कृष्ट हुने पाँच लिम्बू कथाहरूलाई पुरस्कार वितरण गरेको छ ।

शनिबार ललितपुरस्थित चुम्लुङ्हिमको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ (लिम्बुचलचित्रकर्मी संघ) को ११औँ स्थापना दिवसको अवसरमा वितरण गरिएको हो । याक्थुङ मुन्चइत चोक सयङको आयोजनामा ‘प्रथम अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ कथा प्रतियोगिता २०७८’ मा सहभागी जम्मा १३ कथाहरूमध्ये पाँच कथाहरूलाइ उत्कृष्टको रुपमा छानिएको छ ।

Advertisement

मलिसा याक्थुङ्बाको “सिङ्ठुटा” प्रेम ओझाको “मनहाङमा” छत्रमान सुब्बाको “मानगेन्ना” जानू काम्बाङ्को “एक आदिम घरको कथा” र सेसेहाङ फियाकको “पिफ्युङ“ छानिएको हो ।

प्रतियोगिताद्वारा छानिएका कथाहरू ‘लिम्बू स्टोरी बैंक’ मा जम्मा गरि उत्कृष्ट लिम्बु चलचित्र निर्माण गर्ने अध्यक्ष सुर्यप्रकाश चेम्जोङले बताए ।

११औँ स्थापना दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेम, आदिवासी जनजाति चलचित्र महासंघ अध्यक्ष अमृत सुनुवार, लिम्बू साँस्कृतिक परिषदका अध्यक्ष गोबिन्द आङ्बुङ, फक्ताङ्लुङ सयका अध्यक्ष भवानीविक्रम सम्बाहाम्फे, पान्थर काठमाडौँ कलाकार मञ्चका महासचिव दिनेश लिङ्देन लगायतले शुभकामना राखेका थिए ।