April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हजार गोरखा सैनिकहरूले घेरे प्रधानमन्त्रीको कार्यालय आन्दोलनलाई निष्कर्षमै पु¥याएरै छाड्ने प्रतिबद्धता

हजार गोरखा सैनिकहरूले घेरे प्रधानमन्त्रीको कार्यालय आन्दोलनलाई निष्कर्षमै पु¥याएरै छाड्ने प्रतिबद्धता

लन्डन । आमरण अनसनको नवौँ दिनलाई लक्षित गर्दै भूतपूर्व ब्रिटिस गोरखा सैनिकहरूले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालयअगाडि बृहत प्रदर्शन गरेका छन् । १३ बुँदे मागअनुसार आफूहरूले न्याया नपाएसम्म आन्दोलन नछाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

आइतबार हजार बढीको संख्यामा यूकेको विभिन्न ठाउँबाट भेला भएर १० डाउनिङ स्ट्रिटमा चर्को नाराबाजी गर्दै केही बेर यातायतको आवातजावात नै ठप्प हुने गरी प्रर्दशन भएको गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्ण बहादुर राईले बताए । शनिबारभन्दा अधिक संख्यामा उपस्थित प्रर्दशनकारीहरूले बेलायती समकक्षीसरह समान पेन्सन, तलब भत्ता र अन्य सुविधा माग लेखिएको ब्यानर र प्लेकार्ड समेत बोकेका थिए ।

Advertisement

आमरण अनसनमा बसेका तीन गोरखा सत्याग्रहका अभियन्ताहरु ।


गत अगष्ट ७ तारिखबाट सत्याग्रहका अभियन्ताहरू ज्ञानराज राई, धन गुरूङ र पुष्पा राना घले आमरण अनसनमा छन् । नेपाली नागरिक निरन्तरता अभियानका संयोजक सन्तोष थलङले निर्णायक घडीमा सहभागी भएर न्याय र समानताको आन्दोलनमा साथ दिन सबैलाई आग्रह गरे । उनले ज्यानको बाजी राखेर भएपनि आन्दोलनलाई टुङ्गोमा पु¥याएरै छाड्ने बताए । जारी आन्दोलनमा ब्रिटिस भेट्रान एसोसिएसन, सिख समुदाय, लेबर पार्टीका सांसदहरू, बेलायतमा क्रियाशील विभिन्न सामाजिक संघसंस्था, राजनीतिक दलहरूले ऐक्यबद्धता जनाइसकेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भने केही समयका लागि कार्यालयको कामबाट बिदामा बसेको र आवश्यक पहलकदमी हुन नसकेको भन्दै सत्याग्रह अभियन्ताहरूले रोष प्रकट गरेका छन् ।

यसैगरी, नेपालमा पनि वरिष्ठ सल्लाहकार एवम् कानूनविद् डा. युवराज सङ्ग्रौला, पूर्व ब्रिटिस एवम् सिङ्गापुर प्रहरीका सैनिकहरू पनि अनसनमा बस्ने तयारी गरिरहका छन् ।