April 17, 2024, Wednesday
२०८१ बैशाख ५, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काबुल छाड्न धावनमार्गमै हजारौँको भीड, उडिरहेको विमानबाट खसे तीन जना

काबुल छाड्न धावनमार्गमै हजारौँको भीड, उडिरहेको विमानबाट खसे तीन जना

काबुल । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै देश छाड्न राजधानी काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको संख्यामा मानिसहरुको भीड लागेको छ ।

धावनमागर्मा गुडिरहेको विमानको अगाडि पछाडि उनीहरु दौडिरहेको भिडियोमा देख्न सकिन्छ । केही मानिसहरु विमानमा झुण्डिएको दृश्यहरु पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

Advertisement

उडिरहेको बिमानबाट तीन जना खसिरहेको कारुणिक दृश्य पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उडिरहेको बिमानबाट तीन जना खसिरहेको कारुणिक दृश्य पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

अमेरिकाको जस्तो देखिने विमानबाट उनीहरु खसको भिडियोमा देखिन्छ । उडिरहेको विमानबाट उनीहरु खसेको भिडियोमा देखिए पनि यसबारे विस्तृत विवरण आउन सकेको छैन ।

अमेरिकाले काबुलस्थित दूतावासका कर्मचारी र उनीहरुका अफगानिस्तान सहकर्मीहरुलाई उद्धार गर्न सेना परिचालन गरेको छ । अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ ।

काबुलका सडकहरूमा भने तालिबान लडाकुहरू यत्रतत्र देखिन्छन् भने हजाराैँको सङ्ख्यामा मानिसहरू विदेश जाने प्रयासमा विमानस्थलमा भेला भएका छन् ।

६० भन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर माहिसहरूलाई अफगानिस्तान बाहिर जान दिन तालिबानलाई आह्वान गरेका छन् ।

तस्वीर : एजेन्सी