April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ठाकुर समूहको दलको  नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल रहने

ठाकुर समूहको दलको नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल रहने

काठमाडौं । महन्थ ठाकुर, राजेन्द्र महतो समुहले अध्यादेश जारी भए लगत्तै पार्टी दर्ता गराउने अन्तिम तयारी गरेका छन् । ठाकुर निकट श्रोतका अनुसार, यस अघिनै अध्यादेश ल्याउने सरकारको निर्णयलाई स्वागत गरेको हुनाले राष्ट्रिपतिबाट जारी भएलगत्तै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने आन्तरिक तयारी पुरा भएको जनाएको छ ।

ठाकुर महतो समुहले दर्ता गराउन लागिएको नयाँ पार्टीको नाम जसपा (लोकतान्त्रीक) रहने जनाइएको छ । त्यस्तै, नयाँ पार्टीको चुनाव चिन्ह साइकल राख्ने निर्णय भएको जनाएको छ ।

Advertisement

यसैगरी, माधव नेपाल नेतृत्वको एमालेले पनि नयाँ दल दर्ता गर्ने निर्णय गर्दै पार्टीको नाम नेकपा एमाले(समाजवादी) र चुनाव चिन्हका रुपमा खुला किताब राख्ने निर्णय गरेको छ । नेपाल समूहहलाई केपी ओली समूहले दुई दिनअघि पार्टीबाट कार्वाहीस्वरुप निष्कासन गरेको थियो ।