April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायती संसदअगाडि भूपू गोरखा सैनिकहरूको बृहत प्रदर्शन

बेलायती संसदअगाडि भूपू गोरखा सैनिकहरूको बृहत प्रदर्शन

लन्डन । आमरण अनसनमा बसेका अनसनकारीहरूको माग सम्बोधन गर्न ढिलाइ गरेको भन्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतको संसद भवनअगाडि प्रर्दशन गरेका छन् । सत्याग्रहसम्बद्ध अभियन्ता र समर्थकहरूले बेलायतको संसदमा छलफल सुरु हुनुअघि विरोधस्वरूप प्रर्दशनीमा उत्रिएका हुन् ।

बेलायतको संसद ।

बुधबार बेलायतको संसद हाउस अफ कमन्समा अफगानिस्तानमा देखिएको राजीतिक संकट समाधानका विषयमा आपतकालीन बैठक भइरहेको छ । बैठकले १२ दिनदेखि तीन अभियन्ताहरू ज्ञानराज राई, धन गुरूङ र पुष्पा राना घलेले आमरण अनसन बसेर उठाइरहेको मागबाट पन्छिन खोजेको भन्दै खबरदारीस्वरुप संसदअगाडि प्रर्दशन गर्नु परेको समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले बताए । ‘प्रधानमन्त्री बोरिस जोन्सनको सरकारलाई खबरदारी गर्न संसद भवनअगाडि आएका हौँ । हामीले उठाएका मागहरूबारे बेलायती सरकार अन्यत्रै मोडिन खोजेको छ,’ राईले भने, ‘हामी ज्यानमा तातो रगत रहेसम्म आवाज चर्कारहने छौँ ।’

Advertisement

सन् १९९७ अघि र पछि ब्रिटिस गोरखा सेनाबाट अवकाशप्राप्त सैनिकहरूलाई बेलायती समकक्षीसरह समान पेन्सन, तलबभत्ता, सुविधा, नाम कटौतीमा परेकाहरूलाई उचित क्षतिपूति लगायतका १३ सूत्रीय मागहरू सम्बोधन गर्न बेलायत र नेपाल सरकारबीच सोझै वार्ता हुनुपर्ने सत्याग्रहको माग रहेको छ । समितिका अभियन्ता लक्ष्मी घिसिङले यसका लागि उच्चस्तरीयत वार्ता समित गठनसँगै वार्ता बस्ने मिति र स्थान तोकेपश्चात मात्रै जारी अनसन स्थगन हुने बताए ।

अनसरत तीन अभियन्ताहरु दायाँबाट क्रमशः ज्ञानराज राई, पुष्पा राना घले र धन गुरूङ ।

तीन अभियन्ताहरू गत अगष्ट ७ तारिखबाट लन्डनको १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयअगाडि अनसनरत छन् । अनसन बस्ने क्रममा मधुमेह रोगी ६० वर्षीय धन गुरूङले छातीमा केही समस्याको अनुभव गरेपछि मंगलबार बेलुकी सेन्ट थोमस अस्पताल भर्ना गराइएको थियो । उनी सामान्य उपचार पाएपछि बुधबार बिहानै अनसन स्थल पुगेर पुनः आमरण अनसन बसिसकेका छन् ।