May 8, 2024, Wednesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘तिम्मक’को पोस्टर सार्वजनिक

‘तिम्मक’को पोस्टर सार्वजनिक

काठमाडौँ । । लिम्बु कथानक चलचित्र “तिम्मक”को पोस्टर सार्वजनिक भएको छ । शनिवार ललितपूरस्थित युङ्चाहिम सेकुवा कर्नरमा एक कार्यक्रम गर्दै पोस्टर सार्वजनिक गरिएको हो ।

माओवादी जनयुद्ध शुरु भएपछि लिम्बु जातीय संस्कारसँग जोडिएको तिम्मक (बन्दुक)हरू खोसिसँगै लिम्बु संकार संस्कृतिमा परेको प्रभावलाई चलचित्रमा देख्न सकिने चलचित्र निर्माण पक्षले बताए । चलचित्र तिम्मकको छायांकन तेह्रथुमको मेन्छ्यायेम गाउँपलिकाका रमणीय स्थलहरूमा गरिने र सोहि ठाउँका स्थानीय कलाकाहरूलाई ग्रुमिङ गरि अभिनय गराउने निर्माण पक्षले जनाएको छ ।

Advertisement

रोमियो फिल्म्स प्रा.लि.को व्यानरमा बनेको उक्त चलचित्रको लेखन तथा निर्देशन खगेन्द्र पन्धाक र बीबी लिम्बुको सहनिर्देशन रहेको छ । किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापो पन्धाकको निर्माण रहेको चलचित्र तिम्मक दशैसम्ममा प्रदर्शन हुने आयोजकहरूले जानकारी दिएका छन् । “तिम्मक” पन्धाक दाम्पतिद्वारा निर्मित तेस्रो चलचित्र हो । उनिहरूको यसअधि पनि नेपालि चलचित्र घरजम र थात्थालो प्रदर्शन भइसकेका छन् ।