May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रहेनन् जनगायक जेबी टुहुरे

रहेनन् जनगायक जेबी टुहुरे

काठमाडौं । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा आज (बिहीबार) निधन भएको हो ।

मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो ।

Advertisement

जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । टुहुरेको ‘आमा दिदी बहिनीको कति बस्छौं दासी भई’, बसाई हिंड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ लगायतका गीत चर्चित छन् । उनले १५० को हाराहारीमा प्रगतिशिल गीतहरु गाएका छन् ।