May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङ आसफोर्ड शाखाको पाँचौ अधिवेशन हुँदै

चुम्लुङ आसफोर्ड शाखाको पाँचौ अधिवेशन हुँदै

आसफोर्ड । किरात याक्थुङ चुम्लङ यूकेको आसफोर्ड शाखाको अधिवशेन अगष्ट अन्तिम साता हुने भएको छ । चुम्लुङ आसफोर्डको पाँचौ अधिवशेन यहीँ अगष्ट २९ तारिखका दिन आइतबार सम्पन्न हुँदैछ ।

शाखाका अध्यक्ष टङ्क येङ्देनले नयाँ कार्य समितिको चयन गर्दै आगामी नीति तथा कार्य योजना तय गर्न आसफोर्डको अधिवेशन हुन लागरिहेको सिलौटी टाइम्सलाई बताए । आसफोर्ड यूकेमा याक्थुङ लिम्बु समुदायको सबैभन्दा सघन बसोबास भएको क्षेत्रमा पर्दछ ।

Advertisement

अधिवेशन आसफोर्डको मस्ग्रोभ भन्ने स्थानमा हुँदैछ । आसफोर्ड चुम्लङ शाखा समितिको गठन सन् २०१० को अगष्ट २९ म मा राजेन्द्र खिम्दिङको अध्यक्षतामा भएको थियो ।