April 16, 2026, Thursday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायतबाट १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप काठमाडौँ आईपुग्यो

बेलायतबाट १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप काठमाडौँ आईपुग्यो

काठमाडौँ । संयुक्त अधिराज्य सरकारले द्विपक्षीय सहायता अन्तर्गत नेपाल सरकारलाई उपलब्ध गराएको १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप बुधबार काठमाडौं आईपुगेको छ ।

खोप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आएलगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् । 

Advertisement

उक्त खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिने बताइएको छ। यसबारे लण्डनस्थित नेपाली दूतावासले जानकारी गराउँदै बेलायत सरकारप्रति हार्दिक आभार समेत व्यक्त गरेको छ ।

विज्ञप्ती जारी गर्दै दूतावासले भनेको छ ‘संयुक्त अधिराज्य सरकारले द्विपक्षीय सहायताअन्तर्गत नेपाल सरकारलाई उपलब्ध गराएको १,३०,००० मात्रा आस्ट्राजेनेका खोप आज काठमाण्डौ पुगेको छ। यस सहयोगको लागि यस राजदूतावास संयुक्त अधिराज्य सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ।
नेपाली राजदूतावास
लण्डन
२६ अगष्ट २०२१’

हाल नेपालमा दैनिक तीन लाख मानिसहरुले खोप लगाउने गरेकोमा यो संख्या बढाएर पाँच लाख पुर्‍याउने सरकारको लक्ष्य छ ।