May 7, 2026, Thursday
२०८३ बैशाख २४, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निर्देशक सागर केरूङ सम्मानित

निर्देशक सागर केरूङ सम्मानित

ललितपुर । चलचित्र निर्देशक सागर केरूङलाई सम्मान गरिएको छ । ललितपुरस्थीत रेष्टुरेन्ट कुखुरी काँमा याक्थुङ मुन्चइत चोक सयङले केरुङलाई सम्मान गरेको हो ।

नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना)ले आयोजना गरेको नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (निफ) मा केरुङको चलचित्र ‘के’ ले उत्कृष्ट कथाको अवार्ड जितेको थियो । सोही अवसरमा किरात याक्थुङ चुम्लुङ, हङकङका पूर्व अध्यक्ष त्रिभुवन लुम्फङ्वा र कियाचु हङकङका सांस्कृतिक विभाग अध्यक्ष लोक आङबुहाङसँग मुन्चइत चोक सयङले भेटघाट कार्यक्रम गरेको थियो ।

Advertisement

कार्यक्रममा गीतकार मीना सिंगक, कियाचुका सचिव तथा कलाकार यासेली योङहाङ, गायक तथा संगीतकार गायक मोनी ताम्लिङ, निर्देशक हाङ चेम्जोङ, गायक संगीतकार राजशुक्र लिम्बू, पुष्पाञ्जली तिल्लिङ, निर्देशक रवि सेर्मा, कलाकार कृष्णराज नेम्बाङ, प्रभु कुरुम्बाङ लगायतको उपस्थिति थियो ।