May 17, 2024, Friday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यूकेमा याक्थुङ विवाह संस्कारबारे वृत्तचित्र बन्दै

यूकेमा याक्थुङ विवाह संस्कारबारे वृत्तचित्र बन्दै

आसफोर्ड । मूल थातथलोभन्दा टाढा रहेपनि आफ्नो पहिचानप्रति सचेतना बढ्दैछ भन्ने पछिल्लो समययता प्रवासमा रहेका आदिवासी जनजाति समुदायको गतिविधिबाट सहजै थाहा हुन्छ । विश्वको जुनसुकै मुलुकमा बसे तापनि आफ्नो मौलिक संस्कार संस्कृतिको जर्गेनाका लागि क्रियाशील रहने प्रचलन बढेको छ ।

नेपालको सुदूरपूर्वी भेगका आदिवासी याक्थुङ लिम्बु समुदायको मेत्खिम्(विवाह) संस्कारमा आधारित रहेर संयुक्त अधिराज्य(यूके)मा लघुकथानक वृत्तचित्र निर्माण भइरहेको छ । युमा साम्यो अभियन्ता दिल पालुङ्वाको लेखन र परिकल्पनामा वृत्तचित्र भएको छ । यसमा विशेषता यूकेको आसफोर्डनिवासी याक्थुङ लिम्बुहरूको अभिनय रहेको पालुङ्वाले बताए । ‘विदेशमा रहेपनि आफ्नो मौलिक पहिचान जोगाउनका लागि वृत्तचित्र बनाएका हौँ । यसमार्फत् मेत्खिम संस्कार, विधि, प्रक्रियाबारे संक्षिप्त जानकारी दिलाउने प्रयास रहेनछ,’ उनले भने ।

Advertisement

वृत्तत्रिचको निर्देशन युवा मिडियाकर्मी शिशिर सम्बाहाङ्फेले गरेका छन् । उनी ओरिगेमी रेडियोका संस्थापकसँगै कियाचु आसफोर्डका भाषा तथा साहित्य विभाग सचिव समेत हुन् । उनलाई प्राविधिक रूपमा सन्दीप थक्लुङ, पृथीहाङ येङ्देन र वरेन् हुक्पा चोङवाङले सघाएका छन् । यसमा अभिनय गर्नेहरुमा दिल पालुङवा याक्थुङ ‘युमाहाङ’, विमला थलङ लिम्वु ‘सुनुहाङमा’, दिपा आङवुहाङ, अमित थेवे, काजिमान ओख्रावु, नन्दमाया नेयोङ ओख्रावु, सर्वजित थलङ, सञ्चरानी साँवा थलङ, बुद्धरानी थलङ साँवा, भक्त बहादुर नाल्वो लिम्वु, सुकवीर थलङ लिम्बु, मनमाया लिम्वु, नरेन्द्र माबोहाङ, नयन्ती वनेम थलङ, रुपा लिम्वु, कल्पना मावोहाङ छन् ।

त्यस्तै, चन्द्रा लिम्वु, मोनिका राई लिम्वु, गंगा लिम्वु, नरकुमारी मादेन, धन कुमारी लिम्वु, चन्द्र पालुङवा, डेनिश पालुङ्वा, दिवाना पालुङ्वा, नुमा थलङ, जय थक्लुङ, शिखर लिम्वु, नरमाया लिम्वु, मईया लिम्वु, फिपमाया लिम्वु रहेका छन् ।

वृत्तचित्रका सहयोगी संस्था कियाचु आसफोर्डका निवर्तमान अध्यक्ष टङ्क येङ्देनले नयाँ पुस्ताको संलग्नताले परियोजनाको महत्व झनै बढेको भन्दै भाषा, साहित्य र संस्कृतिको प्रबद्र्धनका लागि महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गरे ।