May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काङमाङको  साखुङ्बारा सार्वजनिक

काङमाङको साखुङ्बारा सार्वजनिक

४ सेप्टेम्बर, लण्डन । किरात राई यायोक्खा लण्डन प्रारम्भिक कार्यसमितिको पाचौं अधिवेशनको उद्घाटन सत्रमा लेखक नरेश काङमाङ राईद्धारा सङ्कलन तथा लेखन गरिएको पुस्तक ‘साखुङ्बारा अर्थात रजस्वला’को बिमोचन सम्पन्न भएको छ । किरात राई २२ भाषिहरुको जन्मदेखि मृत्‍यु संस्कारको विषयमा लेखिएको पुस्तक किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लण्डनद्धारा प्रकाशित गरेको हो ।

प्रमुख अतिथि अध्यक्ष कल्पना राई र विशेष अतिथि डा. सुमाया राईले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए । विशेष अतिथि डा. सुमाया राईले साखुङबारा पुस्तकको बारेमा बोलेका थिए । डा.राईले साखुङवारा किरात राईहरुको संस्कार संस्कृतिको खोज अनुसन्धान र अन्वेषणको ढोका खोलेको बताइन् । साथै अन्य लेखकहरुका लागि राम्रो सन्दर्भ सामग्री भएको समेत बताइन् ।

Advertisement

विमोति साखुङ्बारा पुस्तक ।

लेखक नरेश काङमाङले पुस्तकको बारेमा संक्षिप्त जानकारी गराएका थिए । उनले भने, ‘यो शुरुवात हो, पूर्ण हैन । यो पुस्तक भित्र धेरै कुरो नसमेटिएको र केही नयाँ कुरो पनि आएको छ । यो एउटा सानो प्रयास मात्र हो । एउटा भाषीले अर्को भाषीको बिषयमा खोज अनुसन्धन गर्नु निकै चुनौती पूर्ण हुने रहेछ ।’

किराया वेलायतका अध्यक्ष प्रमुख अतिथि कल्पना राईले पुस्तक सङ्कलन र लेखन गरेकोमा लेखक नरेश काङमाङ राईलाई र प्रकाशक प्राकास लण्डनलाई हार्द्विक बधाई तथा शुभकामना दिएका थिए ।

अधिवेशनले विमलाकुमारी राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षहरुमा नवलक्ष्मी राई र पुरु राई चयन भएका छन भने सचिवमा किरण राई सहसचिवहरुमा सीमा राई र जोशन राई चयन भएका छन । सर्वसम्मत रुपमा निर्वाचित भएको समितिको कोषाध्क्षमा योजन राई र सहकोषाध्यक्षहरुमा अञ्जना राई र सन्दीप राई निर्वाचित भएका छन । सदस्यहरुमा वेगाहाङ राई, सोनाहाङ राई, सुरेशकुमार राई, कशिस राई, मनिकला राई, मीनु राई, सुकमाया लिम्बु राई, रमना राई, कुमार माङपाहाङ राई, निलम राई र सुनिल राई निर्वाचित भएका छन ।