March 27, 2024, Wednesday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
साम्याङफुङको म्यूजिक भिडियो सार्वजनिक

साम्याङफुङको म्यूजिक भिडियो सार्वजनिक

ललितपुर । याक्थुङ लिम्बु भाषाको गीत साम्याङफुङको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार दिउँसोबाट हेर्न सकिने गरी उक्त भिडियोको वल्र्ड प्रिमियर गरिएको हो ।

नखिपोटमा रहेको युङचाहिमा रेष्टुरे्रन्टमा सुपरस्टार गायक राजेशपायल राईले भिडियो सार्वजनिक गरेका थिए । गीत सेमिहाङ क्रियसनको युट्यूब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ । सेमिहाङ सिङ्गकको शब्द र सङ्गीत रहेको गीतमा सिङ्गकसँगै अहिलेकी व्यस्त गायिका सुनिता थेगिमको स्वर सुन्न सकिन्छ ।

Advertisement

युगल पोमोको निर्देशनमा रहेको गीतमा अभिनेत्री रेखा फागो र चलचित्रकर्मी फुलेन्देको बाउ(मौसम इम्बुङ), प्रेम सुब्बा र दिनेश माङ्मुले अभिनय गरेका छन् । गीतको एरेन्जरमा टेकेन्द्र यक्सो, सम्पादक र रंग संयोजकमा अनिल कुमार महर्जन रहेका छन् । साढे आठ मिनेट लामो गीतको कोरियोग्राफी दिनेश माङ्मुले गरेका छन् । क्यामेरामा भूपेन्द्र तुम्बाहाम्फेले साथ दिएका छन् ।

साम्याङफुङको शाब्दिक अर्थ याक्थुङ लिम्बु भाषामा सुनको फूल भन्ने बुझिन्छ । गीतमा एक युगल जोडीको प्रेमपश्चात् भागी विवाह हुन लागिरहेको प्रसङ्गलाई उतारिएको छ ।