April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
१४ औँ  रेडिङ कप सम्पन्न

१४ औँ रेडिङ कप सम्पन्न

रेडिङ । रेडिङ नेपाली समाजको १४ औँ रेडिङ कप २०२१ गत ४ सेटेम्बर मा सम्पन्न भएको छ । यस वर्षको रेडिङ कप युवा समूहतर्फ क्लब केन्टले जितको छ भने भेट्रानतर्फ बीबीसीले हात पारेको छ ।

रेडिङको पाल्मार पार्कमा भएको प्रतियोगितामा युवा समूहतर्फ ननिटन क्लब दोस्रो भए भने भेट्रानतर्फ क्लब टोङ्बा आउन सफल भए । खेलमा युथ तर्फ १६ र भेटेरेन तर्फ ८ टिम ले भाग लिएका थिए । युवा समूह विजेता र उपविजेता क्लबले क्रमशः नगद १६ सय पाउण्ड र एक हजार पाउण्डसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यस्तै, भेट्रान समूह विजेता र उपविजेता क्लबले क्रमशः नगद एक हजार पाउण्ड र पाँच सय पाउण्डसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

Advertisement

करिब १५ सय दर्शकको अनुमानित उपस्थिति रहेकोे खेल अत्यन्त रोचक र भव्य रहेको थियो । रेडिङ नेपाली समाजका आयोजक धन बहादुर मगरले प्रतियोगिता कोभिड १९ का कारण सहभागितामा सीमितता भएपनि आगामी वर्ष अझ व्यापक बनाउने धारणा राखे ।

सहभागी टोलीहरु ।


प्रतियोगिता सम्पन्न गराउन विभिन्न २६ विधामा कार्य विभाजन गरिएको थियो । स्वयंसेवक संयोजक भीमसेन खड्का तथा समाजका अध्यक्ष टेक बहादुर गुरुङले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कप सञ्चालन गर्न एनआरएनए यूके सदस्य बालकृष्ण दाहाल तथा संस्था का सहकोषाध्यक्ष सरोज थापाले विशेष सहयोग गरेको आयोजकले जानकारी दिए ।

ट्रफीसँग विजेता टिम ।


रेडिङ समाजले बाढीपीडितका लागि सहयोग, कोभिड राहत कोषसँगै खेलकुदको प्रबद्र्धनमा विशेष सहयोग गरेको समाजका अध्यक्ष गुरूङले स्मरण गराए । रेडिङ कप २०२१ को उद्घाटन रेडिङ काउन्सिलका काउन्सिलर रब होइटले गरेका थिए । प्रतियोगिता प्रमुख एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । यसैगरी, विशेष अतिथिका रुपमा नेपाली राजदूतावासबाट रामबाबु नेपाल, सन्डरल्याण्ड काउन्सिलर जगन्नाथ शर्मा र अन्य अतिथिहरूमा एनआरएनए आइसीसी सदस्य विश्व आदर्श पण्डित, पत्रकार त्रिलोचन गौत्तम लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।