March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पथरी शनिश्चरेमा युमा साम्योको वडा समिति गठन

पथरी शनिश्चरेमा युमा साम्योको वडा समिति गठन

मोरङ । राष्ट्रिय जनगणना नजिकिँदै जाँदा युमा साम्यो महासभाले आफ्नो साङ्गठनिक गतिविधिलाई तीव्र पारेको छ । महासभाले मोरङ जिल्लाको पथरी शनिश्चरेमा वडा समितिहरू गठन गरेको छ ।

सोमबार भएको भेटघाट कार्यक्रमले पथरी शनिश्चरे नगरपालिकाको वडा नं. ४, ८ र ९ मा युमा धर्म मान्ने याक्थुङ लिम्बुहरूको सम्मेलन गर्दै संयुक्त वडा समिति निर्माण गरेको छ । सम्मेलनले टेकबहादुर चोङबाङको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरेको छ ।

Advertisement

समितिको उपाध्यक्षम लक्ष्मी मुसाहाङ, सचिवमा अशोक नाल्वो, सहसचिवमा टेकबहादुर वनेम, कोषाध्यक्षमा हरिकुमार शेर्मा छन् । त्यस्तै, सदस्यहरूमा सुकबहादुर योङहाङ, वीरेन्द्र लुम्फुङ्वा, प्रेमकुमार वनेम, डम्बर केदेम, सुरेश चोङवाङ, जयमान पयाङ्गु, कान्छोरे सिरेङ, खड्ग फागो, सन्तबहादुर वनेम, धनबहादुर वनेम, इन्द्रजीत पराङ्देन, राजकुमार लिम्बु, मित्र नेम्बाङ, सेरबहादुर नेम्बाङ छन् । त्यसैगरी, वरिष्ठ सल्लाहकार गंगा साँवा, सल्लाहकारहरूमा सुकबहादुर खजुम र दौलत वनेम छन् ।

युमा साम्यो महासभाको संस्थागत लोगो ।

स्थानीय तुत्तु तुम्याहाङहरू, फेदाङमा, साम्बा, येबा, येमा, युमासामहरू एवं बौद्धिक वर्ग समेतको सहभागिता रहेको सो सम्मेलनको प्रमुख अतिथिमा युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार वनेम रहेका थिए । त्यस्तै, विशेष अतिथिमा केन्द्रीय महासचिव डा. रमेश इजम, अतिथिहरूमा केन्द्रीय सदस्य योवाहाङ तुम्बाहाङ्फे, केन्द्रीय सदस्य भीम केदेम रहेका थिए ।

केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार वनेमले आसन्न राष्ट्रिय जनगणनामा प्रचारप्रसार लगायतका कार्यक्रमहरूमा सहयोग गर्न सबैलाई आह्वान गरे । त्यस्तै, महासचिव डा. रमेश इजमले राष्ट्रिय जनगणनामा याक्थुङ लिम्बु जातिको मौलिक पहिचान स्थापित गर्न सबैले जातिमा याक्थुङ लिम्बू र धर्मको महलमा युमा लेख्न लेखाउन जोड दिए । अर्का अतिथि भीम केदेमले जनगणनामा हामीलाई हुन सक्ने जालझेलबाट सतर्क रहन अभियन्ताहरूलाई आग्रह गरे ।

सम्मेलनमा स्थानीय महानुभावहरूले पनि सारभर्गित मन्तव्यहरू राख्दै सावायेहाङ याक्थुङ जातिको मौखिक परम्परामा जीवित रहेको मौलिक मुन्धुम र युमा साम्योको महत्व बारे प्रकाश पारेका थिए ।