May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । चौथो पटक सरकार विस्तारबाट विभागीय मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन । सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

Advertisement

यी हुन् मन्त्री बनेकाहरू

कांग्रेस

सञ्चार, सूचना तथा प्रविधि – ज्ञानेन्द्रबहादुर कार्की (मन्त्रालय परिवर्तन)

कानुन न्याय तथा संसदीय मामिला – दिलेन्द्र बडु

महिला बालबालिका तथा ज्येष्ठ नागरिक – उमा रेग्मी

रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल

खानेपानी मन्त्रालय – उमाकान्त चौधरी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल (प्रधानन्यायाधीशको कोटाबाट)

प्रधानमन्त्री कार्यालय – उमेश श्रेष्ठ (राज्यमन्त्री)

जसपा

भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव

संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ

वन तथा वातावरण– रामसहाय यादव

कृषि तथा पशुपन्छी विकास– महिन्द्र राय यादव

 एकीकृत समाजवादी

संस्कृति पर्यटन तथा नागरिक उड्ययन– प्रेम आले

श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ 

सहरी विकास मन्त्रालय– रामकुमारी झाँक्री

स्वास्थ्य तथा जनसंख्याः विरोध खतिवडा

स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

 माओवादी केन्द्र

शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशी श्रेष्ठ

युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज

राज्यमन्त्री-  बोधमाया यादव