April 14, 2024, Sunday
२०८१ बैशाख ३, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
दशैं : धार्मिक, सांस्कृतिक, र सत्ताको खेल

दशैं : धार्मिक, सांस्कृतिक, र सत्ताको खेल

हिन्दू सामन्तवादी सत्ताले राज्यको शक्ति प्रयोग गरी दशैंलाई हराभरा बनाए र यसलाई जबरजस्ती राष्ट्रिय चाड बनाइयो । गैर हिन्दूहरुलाई स्वीकार्न बाध्य पारिए पनि नेपालमा जातीय समुदाय पिछे दशैंको फरक–फरक धार्मिक, सांस्कृतिक महत्व छन् । मूलतः दशैं हिन्दूहरुको शक्तिको पूजा गर्ने धार्मिक चाड हो । असुर शक्तिमाथि दैवी शक्तिको विजयको अवसरलाई पौराणिक कथामा आधारित असत्यमाथि सत्यको विजयमा खुशियाली मनाउने हिन्दू धर्मावलम्वीहरुको मान्यता छ ।

गैर हिन्दू नेपालीहरुको दशैंसंग कुनै धार्मिक सम्वन्ध छैन । तर दशैंमा टीका लगाउने प्रचलन चाहिँ गैर हिन्दू खासगरी किरात समुदायको सांस्कृतिक पर्वका रुपमा मानिन्दै आएको ऐतिहासिक तथ्यले पुष्टि गर्दछ । आदिवासी किरातहरु नितान्त प्रकृतिक पुजारी हुन् । हाम्रा पुर्खाहरु दानदक्षिणामा नभई आफै श्रम गरेर जीवन निर्वाह गर्थे । जमिन खनीखस्री खेती गर्थे । अनेक हावाहुण्डरी, बाढी पहिरो प्राकृतिक प्रकोपको सामना गर्नुपथ्र्यो । मंसिरतिर अन्नवाली पाकेपछि खुशीले बल्ल बाँचियो र हामीले लगाएका बीउ विजनहरुले साकार रुप लिइयो भनेर उनीहरु रमाउँथे । जाँडरक्सी खाँदै, रमाईलो गर्दै वाली थन्काउँथे । गर्दागर्दै तल्लोधर माथ्लोघर भेला भएर रमाईलो गर्ने चलन वढ्दै गयो । अन्ततः गाउँनै भेला भई अन्नवाली पाकेको उत्सव मनाउन थाले । भेला भयो । खायो पियो । गीत गायो तेही, अन्न फलाउने धान, मकै, जौ, कोदोको पातहरुलाई सम्मान गर्दै टाउकामा सिउरेर र अन्नका दानाहरु निधारमा लगाएर उनीहरु खूब नाच्थे । उफ्रन्थे । यसरी रमाईलो गर्दागर्दै कालान्तरमा निधारमा चामल र कानमा जमरा राखेर उत्सव मनाउने चलन बस्यो ।

Advertisement

साँस्कृतिक सहिद रिदामा र रामलिहाङको धनकुटाको चुलीवनमा निर्माण गरिएको प्रतिमा ।

मसिंर पूर्णीमा जुनको उज्यालोमा भेला भई पूर्खा र प्रकृतिका पूजा गर्न थालियो । न्वागी अर्थात ‘चासोक तङनाम’ हाम्रा पूर्खाहरुको प्रमुख पर्व थियो । चासोक तङनाम कृषि युगसँगै सुरु भएको मान्न सकिन्छ । हिन्दू धर्मावलम्वी वैदिक आर्य समुदाय नेपाल प्रवेशअघि यहाँका खस आर्य मस्टो पुजक र आदिवासी जनजातिहरु प्रकृति पू जक थिए । जनजाति समुदायमा टीका लगाउथे प्रचलन उहिल्यैदेखि थियो । धेरै पछि नेपाल प्रवेस गरेका वैदिक आर्यहरु चन्दनको सेतो रातो टीका लगाउथे । आर्यहरुको धार्मीक चाड दशैं थियो । उनीहरु भाग्यवादको जाल हानेर विस्तारै आप्mनो प्रभाव बढाउँदै गए । साढे दुई सय वर्ष अघिसम्म हाम्रा पूर्खाहरु दशैं मान्दैनथे । यिनै वैदिक आर्यहरुले यहाँका प्रकृतिक पुजारी आदिवासी जनजातिहरुलाई दशैं मनाउन आकर्षित गराए । बाध्य पारिए । आफ्ना अन्नदातालाई खुशी पार्न उनीहरुले जनजातिले लगाउने चामलको टीका आफै लगाउन थाले । विस्तारै मंसिर पूर्णिमामा मनाईने हाम्रो चासोक तङनामलाई उनीहरुका दशैंमा मिसाए ।

लेखक हेम्ब्या ।

हिन्दूस्तानबाट आएका वैदिक आर्यहरुको दशैं टीको थिएन भन्ने अरुपनि तथ्यहरु छन् । जस्तो पहाडका भन्दा कट्टर मधेसी र भारतका उस्तै हिन्दूहरु दशैंमा चामलको टीका लगाउँदैनन् । भारतका हिन्दूहरु विजय दशमीलाई भन्दा नवरात्रीलाई महत्व दिन्छन् । त्येसैले दशैंमा नेपालका धेरै जातजातिका संस्कृतिहरु मिसिएका छन् भन्न सकिन्छ । खासमा दशैं हिन्दूवादी सत्ताको दमनको प्रतीक हो । नेपाली सेनाले सातौँ दिनमा गर्ने ‘फूलपाती बढाइँ’ यसैको जलन्त उदाहरण मान्न सकिन्छ । काठमाण्डौ उपत्यका जितेपछि पृथ्वीनारायण शाहले आफ्नो राजधानी सार्न गोरखाबाट हनुमानढोका दरवारमा फूलपाती भित्र्याउने उत्सवका रुपमा सैनिक मञ्च टुँडीखेलमा हरेक वर्ष राष्ट्रप्रमुखको प्रमुख अतिथ्यमा धुमधाम बढाइँ गरिन्छ । उता लिम्बुवानमा माउलो पूजा, नगरा निशानलाई पनि सत्ताको दमनलाई लिन सकिन्छ । लिम्बुवान विरुद्धको युद्धमा पटक पटक हारेका गोराखाले सेनाले अन्ततः त्यहाँका सुभाहरुलाई नगरा, निशान, हातहतियार दिएर दशैं मनाउन बाध्य पारियो ।