April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हुक्फोलोफोलो गीतकाे छायांकन सम्पन्न

हुक्फोलोफोलो गीतकाे छायांकन सम्पन्न

पान्थर, नाेभेम्बर । याक्थुङ लिम्बु भाषाको गीत ‘हुक्फोलोफोलो’ को छायांकन मंगलबार सम्पन्न भएको छ ।

पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङले निर्देशन गरेका हुन् । याक्थुङ फिल्म्सद्वारा निर्माण भएको गीतमा शब्द सागर केरुङ, संगीत प्रेम पन्धाक, स्वर डीआर हाङ्सरुम्बा, छायांकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो जवेगू र श्रङ्गार अमृता जवेगूको रहेको छ ।

Advertisement

गीतकाे एक दृश्य ।

याक्थुङ फिल्मसकाे युटुब चानलमा सार्वजनिक हुने भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ, बुद्धराज लिम्बु इङ्वा, सुवास नुनाम केरुङ, निशाम तुम्बापो, युन्छोमी शेर्मा, रामचन्द्र नेम्वाङ, नोगेन हाङ्सरुम्बा, भक्त खवास, रुकमान केरुङ, वर्षा खवास, दिपेश पयाङ्गु लिम्बु, राजकुमार नेम्वाङ, याम भुजेल, कमल खवास, रमेश खवास, सुनिता जवेगू, अमृता जवेगू, सुरेन्द्र केरुङ लगायतले अभिनय गरेका छन् । उक्त गीत एकदशक अघि डीआर हाङसरुम्वाले ल्याएको ‘नादङ’ एल्बममा सङ्ग्रहित छ ।