April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अर्को चुनावसम्म गठबन्धन रहनुपर्छ – पाँच दलीय गठबन्धन

अर्को चुनावसम्म गठबन्धन रहनुपर्छ – पाँच दलीय गठबन्धन

पथरी । सत्तारूढ पार्टीहरुको गठबन्धन आगामी चुनावसम्म कायम गर्नुपर्ने आवाज स्थानीय तहका राजनीति दलहरूका प्रतिनिधिहरुले उठाएका छन् ।

मोरङकाे पथरी शनिश्चरेमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । जनता समाजबादी पार्टी, नेपाल नगर समितिले बुधबार कार्यक्रमको आयोजना गरेको हो । नेपाली काङ्ग्रेसका नगर उपसभापति केबी गुरुङ, माओवादी केन्द्रका नगर उपाध्यक्ष गोबिन्द कटुवाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष तुलसी ढकाल, जनता समाजवादी पार्टी, नेपालका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ, जसपा प्रदेश सचिव भरत दाहाललगायतले शुभकामना साटासाट गरेका थिए ।

Advertisement

दिपावली, बलिहाङ तङ्नाम, पार्वा, नेपाल सम्वत, छट, ख्रिस्टमस, चासोक तङ्नामको अवसरमा कार्यक्रम आयोजना गरिएकाे हाे ।